Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७५।०५।२८ गतेको संविधान दिवसका लागी बसेको जिल्ला समारोह समिति गठन सम्बन्धी निर्णयहरु

२०७५-०६-२१ २०७५-०६-२१

constitution_day.jpg तस्बिर :

निर्णयहरु

  • यही मिति २०७५ साल असोज २, ३ र ४ गते संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा भव्यताका साथ मनाउन यस जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा नगर सरसफाई, प्रभात फेरी, साँस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शनी, प्रवर्चन गोष्ठी लगायत विविध कार्यक्रम गरि तपसिल बमोजिम रहने गरि संविधान दिवस जिल्ला मुल समारोह समिति गठन गर्ने निर्णय गरियो ।

जिल्ला समन्वय समिति प्रमुख – अध्यक्ष

महाकाली नगरपालिका, नगर प्रमुख – सदस्य

प्रमुख जिल्ला अधिकारी - सदस्य

जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु – सदस्य

जिल्ला सदरमुकाम स्थित सबै सरकारी कार्यालयका प्रमुखहरु – सदस्य

जिल्ला स्थित राजनीतिक दलका प्रमुख / प्रतिनिधि – सदस्य

गैर सरकारी संस्था महासंघ जिल्ला अध्यक्ष / प्रतिनिधि – सदस्य

उद्योग बाणिज्य संघ अध्यक्ष / प्रतिनिधि – सदस्य 

नेपाल पत्रकार महासंघ अध्यक्ष / प्रतिनिधि – सदस्य

सदरमुकाम स्थित क्याम्पस प्रमुख – सदस्य

सदरमुकाम स्थित माध्यमिक विद्यालयका प्र.अ. - सदस्य

नागरिक समाज/बुद्धिजीवी प्रमुख /प्रतिनिधि – सदस्य

  • असोज २ गतेका दिन विहान ७:०० बजे देखि ९:०० बजे सम्म नगर सर-सफाई गर्ने र दिउसो आ-आफ्नो कार्यालय परिसर सरसफाई गर्ने र साँझ दिपावली गर्ने  । बेलुकी ५:०० बजे जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण कार्यक्रम संचालन गर्ने ।
  • असोज ३ गतेका दिन संविधान दिवस जिल्ला समारोह समितिको कार्यक्रममा प्रभात फेरी, साँस्कृतिक कार्यक्रम सहित मंचको ‌औपचारिक कार्यक्रम गर्ने । जिल्ला समारोह समितिको सम्पूर्ण कार्यक्रम व्यवस्थापनको कार्य महाकाली नगरपालिकाको कार्यालयले गर्ने ।
  • असोज ४ गतेका दिन जिल्ला स्थित सबै सकारी कार्यालयहरु एवं स्थानीय तहहरुले वृक्षारोपण कार्यक्रम गर्ने र यसको संयोजन डिभिजनल वन कार्यालय दार्चुलाले गर्ने ।
  • संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा भव्यरुपमा मनाउन जिल्ला स्थित सबै सरकारी कार्यालयहरु एवं स्थानीय तहहरुले असोज २, ३ र ४ गतेका दिन साँझ दिपावली गर्ने ।
  •  

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .