Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७५।०३।०१ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयहरु

२०७५-०३-०४ २०७५-०३-०४

मिति २०७५।०३।०१ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री खुमकान्त आचार्य ज्युको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयहरु ।

निर्णयहरुः

    • मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमलाई न्युनीकरण गर्न यस बर्षको लागि तयार गरिएको मनसून पूर्व तयारी कार्य योजना परिमार्जन सहित पारित गर्ने निर्णय गरियो ।
    • विपद्का कारण विगत वर्षहरु देखि नै जमिनमा दरार छिद्र परी जोखिममा रहेको मालिकार्जुन गाउँपालिका वडा नं. ६ भोल्यानीको बस्तीमा हाल मिति २०७५।२।१७ गतेको वर्षाका कारण १० घरहरु जोखिममा परेकोले आवश्यक राहत सामग्रीहरु उपलब्ध गराई दिन हुन भनि मालिकार्जुन गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, शंकरपुर, दार्चुलाको च.नं. ५०६ मिति २०७५।२।२५ गतेको पत्रसाथ प्रहरी सर्जमिन मुचुल्का समेत प्राप्त भएको हुँदा सिफारिस भै आएका परिवारलाई राहत स्वरुप त्रिपाल उपलब्ध गराउने र निजहरुको अस्थायी रुपमा बस्ने व्यवस्था गाउपालिकाले मिलाउने ।
    • मनसुन वर्षातको समयमा अविरल वर्षा बाढी पहिरोबाट धनजनको क्षति हुन सक्ने सम्भावना भएकोले सबै स्थानीय तहहरुलाई वर्षायाम भरि विपद् प्रतिकार्यका लागि आवश्यक तयारी गरि सतर्कता अपनाउन अनुरोध गर्ने निर्णय गरियो ।
    • मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी जिल्ला स्थित तिनवटै सुरक्षा निकायहरुबाट २०-२० जना सुरक्षाकर्मीहरुको टोली आवश्यक सामग्री सहित मनसुन अवधिभर जुनसुकै समयमा परिचालन हुन सक्ने गरी Stand by राख्‍ने निर्णय गरियो।
    • प्रत्येक गाउँपालिकाबाट आ-आफ्नो पालिका क्षेत्र भित्र वडागत रुपमा जोखिम विश्‍लेषण गरि संकटासन्न क्षेत्रको पहिचान गरी सोको विवरण DDMC मा समेत उपलब्ध गराउने ।
    • नेपाल प्रहरीसँग समन्वय गरी सडक डिभिजन कार्यालय, पाटन बैतडीबाट चालक सहित २ वटा चालु अवस्थामा रहेका लोडर यस वर्षको मनसुन अवधिभर महाकाली लोकमार्गमा तोकिएका दुई वटा स्थानहरुमा Stand by राख्‍न निर्णय गरियो ।
    • यस जिल्लाको लागि छुट्याइएको साउदी टेन्ट थान-२० (बीस) जिल्ला प्रशासन कार्यालय, कैलालीबाट ढुवानी गरी जिल्ला प्रशासन कार्यालय, दार्चुलासम्म ल्याउन महाकाली न.पा. दाचुलालाई अनुरोध गर्ने निर्णय गरियो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .