मिति २०७५।९।१ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकको निर्णयहरु
मिति २०७५।०९।०१ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री खुमकान्त आचार्य ज्युको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय तपसिल बमोजिम रहेको व्यहोरा अनुरोध छ ।
निर्णय नं. १
नेपाल रेडक्रस सोसाईटी द्वारा सञ्चालित DP-DRR कार्यक्रमको सहयोग वापत उपलब्ध गराएको रबर बोट (सेट सहित) जिल्ला विपद व्यवस्थापन समितिमा उपलब्ध गराईएकोमा उक्त सामाग्री तीन वटै सुरक्षा निकायहरुले आवश्यकताको आधारमा प्रयोग गर्ने गरि सशस्त्र प्रहरी बल दार्चुलाको जिम्मामा रहने गरि हस्तान्तरण गर्ने निर्णय गरियो ।
निर्णय नं. २
नेपाल रेडक्रस सोसाईटी दार्चुला जिल्लाको पहलमा प्राप्त हुन आएका कम्बल, सुतिसाडी र जिनकपडा यस जिल्लाको चिसोबाट बढी प्रभावित हुने अपिहिमाल र व्याँस गाउपालिकाका ७५ वर्ष नाघेका वृद्ध, अपाङ्ग, असाय, असक्त ३२५ व्यक्तिहरुलाई प्रति व्यक्ति १/१ थानको दरले ३२५ थान कम्बल, २६० थान साडी, पुरुषहरुलाई ५/५ मि.का दरले जम्मा ९७५ मि. जिन कपडा (अपिहिमाल गाउँपालिका- ७५ जना:-३० महिला, ४५ पुरुष र व्याँस गाउँपालिका- २५० जना:- १०० महिला, १५० पुरुष) वितरण गर्ने गरियो । उक्त सामाग्री गाउँपालिकाले नागरिकता हेरी नेपाल रेडक्रस सोसाईटी र जनप्रतिनिधिको रोहवरमा १५ दिन भित्र वितरण गरि सक्कल भरपाई नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा दार्चुलामा बुझाउने व्यवस्था गाउँपालिकाले गर्ने निर्णय गरियो ।
निर्णय नं. ३
नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालय, विपद व्यवस्थापन विभागको सहयोगमा यस जिल्ला शाखा अन्तर्गत सञ्चालित DP-DRR कार्यक्रमको गतिविधि यस जिल्लामा प्रभावकारी रुपमा समन्वय सहकार्य गरि गाउँपालिका, नगरपालिका, सरकारी, गैर सरकारी सरोकारवालाहरुसंग समन्वात्मक रुपमा जिल्लाको सूचना व्यवस्थापन, तथ्यांङ्क संकलन कार्यमा सहयोग र विपदको समयमा उद्धार तथा राहत कार्यलाई एकद्वार प्रणालीमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले प्रभावकारी भुमिका खेल्दै आएकोले सूचना व्यवस्थापनको लागि अधिकृत कर्मचारी सहित यस जिल्लामा उक्त DP-DRR कार्यक्रमलाई निरन्तरताको लागी नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय, सम्बन्धित कार्यक्रम दातृ निकाय लगायत सरोकारवाला निकायहरु संग अनुरोध गर्ने निर्णय पारित गरियो ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
|
मिति २०७५।९।१ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकको निर्णयहरु
मिति_२०७५।९।१_गतेको_जिल्ला_विपद_व्यवस्थापन_समितिको_निर्णियहरु.pdf |
895.14 KB |
