Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

न्यून व्यान्डविथ Invert Color A- A A+

मिति २०७५।५।२८ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकको निर्णयहरु

2075-06-21

2075-06-21


मिति २०७५।०५।२८ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री खुमकान्त आचार्य ज्युको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय तपसिल बमोजिम रहेको व्यहोरा अनुरोध छ ।

निर्णयहरु

  • मिति २०७५।४।९ गतेको अविरल वर्षाका कारण पहिरो आई शैल्यशिखर नगरपालिका वडा नं. ९ ,गोकुलेश्वर स्थित मान सिह बि.क.को कुखुरा फर्म/घर क्षति हुँदा उक्त पहिरोमा परि मृत्यु भएको शैल्यशिखर नगरपालिका वडा नं. २ रौतउडा बस्ने गगने ओडको छोरा जानकी ओडको पति नरेश भन्ने प्रजापति ओडको पत्नी जानकी ओडले प्रहरी सर्जमिन मुचुल्का, घटना स्थल लाश जाँच मुचुल्का, शैल्यशिखर नगरपालिका, २ नं. वडा कार्यालयको सिफारिस समेत नाता प्रमाणित लगायतका आवश्यक कागजातहरु संलग्न राखि राहत पाँउ भनि यस कार्यालयमा निवेदन पेश गरेको हुँदा “प्रकोप पिडित उद्दार र राहत सम्बन्धी मापदण्ड (छैठौं संशोधन) २०७४” बमोजिम निज मृतकको घर परिवार/नजिकको हकदारलाई रु. १०००००।– (अक्षरेपी एक लाख मात्र) राहत स्वरुप सहयोग उपलब्ध गराउने निर्णय गरियो ।
  • वर्षा, बाढी, पहिरो जस्ता विपदबाट घर जग्गा, जमिन, व्यवसाय, खाद्यान्न, भाँडाकुँडा, लुगा कपडा सरसामान क्षति भई जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नियमानुसार मापदण्ड बमोजिम प्रहरी सर्जमिन मुचुल्का, गाउँपालिका/नगरपालिका/वडा कार्यालयको सिफारिस समेतका कागजातहरुका आधारमा जिल्ला दैवि प्रकोप राहत कोषबाट मिति २०७५।४।३० गते देखि मिति २०७५।५।१९ सम्म पिडित भएका १० परिवार/व्यक्तिलाई वितरण गरिएको जम्मा राहत रकम रु. ८१,५००।– (अक्षरेपी एकासी हजार पाँच सय मात्र) खर्च समर्थन गर्ने निर्णय गरियो ।
  • जिल्लाको विभिन्न स्थानहरुमा यस वर्षको अविरल वर्षा, बाढी, पहिरो तथा अन्य विपदका घटनाहरुबाट भएको क्षति, जोखिम न्युनिकरण गरि प्रकोप व्यवस्थापन लगायतको कार्यमा सहयोग गर्ने सबै स्थानिय तह, जिल्ला स्थित सुरक्षा निकायहरु तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दार्चुला लगायत विपद्को समयमा सहयोग गर्ने सबैलाई जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यसै अनुरुप सहयोग पुर्‍याउन सम्बद्ध सबैलाई जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट हार्दिक अनुरोध गर्ने ।
  • विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली अन्तर्गत एस.एम.एस प्रणाली मार्फत जल तथा मौसम विज्ञान विभागबाट प्रेषित वर्षा पूर्वानुमान (Rainfall Forecast) र बाढी पूर्वानुमान (Flood Forecast) बुलेटिनलाई जिल्ला विपद् व्यवस्थापन संग सम्बन्धित सबै सरोकारवाला निकायहरुमा बाढी तथा वर्षा पूर्वानुमानको सूचना/जानकारी प्रवाहमा नमस्ते सिमकार्ड, डाटा कार्ड, एस.एम.एस. शुल्क २०७५ श्रावण देखि असोज मसान्त सम्म उपलब्ध गराई सहयोग गरेकोमा जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट CRDS/PAHAL लाई हार्दिक धन्यवाद दिने निर्णय गरियो ।

 

 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2082-12-05 18:52:20

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .