जिल्ला प्रशासन कार्यालयमा प्रयोगहुने निवेदनहरुको संग्रह
जिल्ला प्रशासन कार्यालयमा प्रयोगहुने निवेदनहरुको संग्रह
मिति .............................
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यु,
जिल्ला प्रशासन कार्यालय, दार्चुला ।
विषय:- सिफारिस गरि पाउँ ।
महोदय,
दार्चुला जिल्ला ................................. गा.पा./न.पा. वडा नं .......... बस्ने ........................ को छोरा/छोरी म ....................... लाई ............................ प्रयोजनको लागि मेरो चालचलन एवं गतिविधिको व्यहोरा खुलेको सिफारिस आवश्यकता परेकोले म संग भएका प्रमाण पत्र/कागजपत्रहरु यसै साथ पेश गरि रु. १० को टिकट टाँसी यो निवेदन पेश गरेको छु ।
संलग्न कागजातहरु
- ............................ गा.पा./न.पा. ...... नं.
वडाको सिफारिस पत्र
- नेपाली नागरिकताको प्रमाण-पत्रको छायाँप्रति
- .......................................................
निवेदक
.............जिल्ला ............................... गा.पा./न.पा. वडा नं .......... बस्ने ................................... को छोरा/छोरी ..................................
मिति ...........................
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यु,
जिल्ला प्रशासन कार्यालय, दार्चुला ।
विषय:- पतिको नाम थर ठेगाना कायम गरि नागरिकता प्रतिलिपि उपलब्ध गराई पाउँ ।
महोदय,
मेरो विवाह नहुँदा मिति .................. मा ............................... जिल्लाबाट नागरिकता प्रमाण पत्र नं. ............................... को नागरिकता लिएको र सो नागरिकता लिई सकेपछि मिति ........................ मा ..................... जिल्ला ............................... गा.पा./न.पा. वडा नं. ......... बस्ने नागरिकता प्रमाण पत्र नं. .................................का श्री ........................... संग वैवाहिक सम्बन्ध कायम भएको हुँदा मेरो माईती तर्फबाट लिएको माथि उल्लेखित सक्कल नागरिकता र निम्न कागजात समेत संलग्न राखि नागरिकता प्रमाणपत्रमा पतिको नाम थर तथा पतिको स्थायी ठेगाना र साविक थरमा पतिको थर बमोजिम ...................... थर समेत कायम गरि नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि पाउन रु. १० को टिकट टाँसी यो निवेदन पेश गरेको छु ।
निम्न कागजातहरु
- पतिको नागरिकता प्रमाण पत्र
- विवाह दर्ता प्रमाण पत्र
- अनुसूचि फाराम
- गा.पा./न.पा. सिफारिस पत्र
निवेदक
.............जिल्ला ............................... गा.पा./न.पा. वडा नं .......... बस्ने ................................... को छोरा/छोरी ..................................
मिति ..............................
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यु,
जिल्ला प्रशासन कार्यालय, दार्चुला ।
विषय:- सिफारिस/प्रभाणित गरि पाउँ ।
महोदय,
दार्चुला जिल्ला ................................. गा.पा./न.पा. वडा नं .......... बस्ने ........................ को छोरा/छोरी म ............... जाति को आदिवासी, जनजाति/दलित भएकोले प्रमाणित गरि पाउँ भनि सो संग सम्बन्धित कागज प्रमाणपत्रहरु निम्न बमोजिम संलग्न राखी रु. १० को टिकट टाँसी यो निवेदन पेश गरेको छु ।
निम्न कागजातहरु
- .......................... गा.पा./न.पा., ....... नं. वडा
कार्यालयको सिफारिस पत्र
- नेपाली नागरिकताको प्रमाण-पत्रको छायाँप्रति
- ............................................................
निवेदक
.............जिल्ला ............................... गा.पा./न.पा. वडा नं .......... बस्ने ................................... को छोरा/छोरी ..................................
मिति ......................
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यु,
जिल्ला प्रशासन कार्यालय, दार्चुला ।
विषय:- नाबालक/नाबालिका प्रमाण पत्र उपलब्ध गराई पाउँ ।
महोदय,
दार्चुला जिल्ला ................................. गा.पा./न.पा. वडा नं .......... बस्ने ........................ को छोरा/छोरी म ............... लाई नेपाली नागरिकताको प्रमाण पत्र आवश्यक भएको तर मेरो जन्ममिति २०............./......./........ भई नागरिकता प्रमाण पत्र पाउने उमेर नपुगेको हुँदा नाबालक/नाबालिका परिचय पत्र उपलब्ध गराई पाउँ भनि, सो संग सम्बन्धित कागज प्रमाण निम्न बमोजिम संलग्न राखी रु. १० को टिकट टाँसी यो निवेदन पेश गरेको छु ।
निम्न कागजातहरु
- ........................... गा.पा./न.पा. ...... नं. वडा
कार्यालयको सिफारिस पत्र
- आमा/बाबुको नेपाली नागरिकताको प्रमाण-पत्रको छायाँप्रति
- शैक्षिक योग्यता प्रमाण पत्रको छायाँप्रति
- ...................................................
निवेदक
.............जिल्ला ............................... गा.पा./न.पा. वडा नं .......... बस्ने ................................... को छोरा/छोरी ..................................
मिति .........................
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यु,
जिल्ला प्रशासन कार्यालय, दार्चुला ।
विषय:- आवश्यक सहयोग राहत उपलब्ध गराई पाउँ ।
महोदय,
दार्चुला जिल्ला ....................................... गा.पा./न.पा. वडा नं .......... बस्ने ............................ को छोरा/छोरी .......................... को मिति ................. मा परेको अविरल वर्षा/चट्याङ्ग/पहिरो परि ............................................................... क्षति भएको हुँदा आवश्यक राहत/सहयोग/तारजाली/त्रिपाल उपलब्ध गराई पाउँ भनि सो संग सम्बन्धित कागज प्रमाण पत्रहरु निम्न बमोजिम संलग्न राखी रु. १० को टिकट टाँसी यो निवेदन पेश गरेको छु ।
निम्न कागजातहरु
- ............................ गा.पा./न.पा. ......... नं. वडा
कार्यालयको सिफारिस पत्र
- प्रहरी सर्जमिन मुचुल्का
- नागरकिता प्रमाण पत्रको छायाँप्रति
- ..................................................................
- ..................................................................
निवेदक
.............जिल्ला ............................... गा.पा./न.पा. वडा नं .......... बस्ने ................................... को छोरा/छोरी ..................................
मिति .........................
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यु,
जिल्ला प्रशासन कार्यालय, दार्चुला ।
विषय:- सिफारिस/प्रमाणित गरि पाउँ ।
महोदय,
उपरोक्त सम्बन्धमा म ......................को छोरा ......................... जिल्ला दार्चुला ......................... गा.पा./न.पा. वडा नं. ................. मा बसोबास गरिरहेको छु । मेरो नेपाली नागरिकता प्रमाण-पत्रमा मेरो/ बाबु/आमा/पति/पत्निको नाम थर/जन्ममिति .......................... उल्लेख भएको र ................................... मा मेरो नाम थर/बाबु/आमा/पति/पत्नीको नाम थर/जन्ममिति ................................ उल्लेख भई फरक पर्न गएकोले दुवै नाम थर/थर/जन्ममिति भएको व्यक्ति एउटै हो भनि प्रमाणित आवश्यक परेको हुँदा नियमानुसारको आवश्यक कागजातहरु संलग्न राखि श्रीमान् समक्ष विनम्र निवेदन गर्दछु ।
संलग्न कागजातहरु
- ........................गा.पा./न.पा. ........ नं. वडा
कार्यालयको सिफारिस पत्र
- नेपाली नागरिकताको प्रमाण-पत्रको छायाँप्रति
- शैक्षिक योग्यताको प्रमाण-पत्रको छायाँप्रति
- ...................................................
- ..................................................
निवेदक
.............जिल्ला ............................... गा.पा./न.पा. वडा नं .......... बस्ने ................................... को छोरा/छोरी ..................................
मिति .........................
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यु,
जिल्ला प्रशासन कार्यालय, दार्चुला ।
विषय:- MRP को पुन: सिफारिस गरि पाउँ ।
महोदय,
उपरोक्त सम्बन्धमा म ......................को छोरा .............................. ना.प्र.नं. .......................... भएको ......................... जिल्ला दार्चुला ......................... गा.पा./न.पा. वडा नं. ................. मा बसोबास गरिरहेको/गरिरहेकी छु । मैले संकेत नं. .............. मिति ..................... मा यस कार्यालयबाट द्रुत सेवा/साधारण बाट सिफारस बनाई लगेको र ........................................... कारणले राहदानीमा नबनेको/फरक परेको हुँदा सो सिफारिस खिचि पुन: राहदानी बनाउनका लागि जिल्लाबाट/राहदानी विभाग केन्द्रबाट राहदानी बनाउनका लागि निवेदन साथ राहदानी फाराम पेश गरेको/गरेकी छु ।
संलग्न कागजातहरु
- नेपाली नागरिकताको प्रमाण-पत्रको छायाँप्रति
- ...................................................
- ..................................................
निवेदक
.............जिल्ला ............................... गा.पा./न.पा. वडा नं .......... बस्ने ................................... को छोरा/छोरी ..................................
मिति ..................................
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय, दार्चुला ।
बिषय : मन्जुरीनामा ।
महोदय,
दार्चुला जिल्ला ......................... नगरपालिका/गाउँपालिका वडा नं. ................ बस्ने ........................................ को छोरा/छोरी, जन्ममिति/ना.प्र.नं. ................................... को/की म ...................................... को नाममा त्यस कार्यालयमा तयार भई आएको राहदानी (MRP) मेरो ब्यक्तिगत काम/पढाई/......................को कारणले गर्दा, हाल ............................... बसोबास गर्दै आएको हुँदा दार्चुला जिल्ला ..................................... नगरपालिका/गाउँपालिका वडा नंबर ........ बस्ने मेरो (बुवा/आमा/मेरो एकाघर सगोलका सहोदर भाई/बहिनी/.....................) ................. को नाममा राहदानी उपलब्ध गराउन यो मन्जुरीनामा लेखी दिएको छु; पछि यस सम्बन्धमा कही कतै कुनै निकायमा उजुरवाजुर गर्ने/गराउने छैन, गरे यसै मन्जुरीनामाको कगजले बदर होश भनी मेरो मनोमान राजिखुशीका साथ यो मन्जुरीनामा लेखी दिएको छु |
इति सम्बत २०......... साल ............. महिना ........... गते रोज ........... शुभम .......................
|
दाँया |
बाँया |
|
|
|
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
|
जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने निवेदनहरु
जिल्ला_प्रशासन_कार्यालयमा_प्रयोग_हुने_निवेदनहरु.pdf |
446.15 KB |