Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/२५ देखि २०७५/१२/२७) जारी समय : विहान ६:०० बजे

२०७५-१२-२५ २०७५-१२-२५

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/२५ देखि २०७५/१२/२७) जारी समय : विहान ६:०० बजे

चैत्र २५ गते (सोमबार):

दिउँसोः देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने अन्य भू-भागमा आंशिक बदलि रहने देखिन्छ तथापि अपरान्ह वा साँझ पछि सामान्य बदलि रहने देखिन्छ । देशका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना देखिन्छ ।

राति: देशका मध्य र पूर्वी भु-भागहरुमा सामान्य देखि पूर्ण बदलि र रहनेछ भने पश्चिमि भू-भागहरुमा सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुनेछ भने पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ | हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

चैत्र २६ गते (मंगलबार):

दिउँसोः देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वि र मध्य भू-भागका केहि स्थानमा र पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पूर्वि तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ | ंमध्य र पूर्वी हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

राति: देशका पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पूर्वि तथा मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ | मध्य र पूर्वी हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

चैत्र २७ गते (बुधवार)::

दिउँसोः देशको प्राय स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात सामान्य बदलि भई मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राति : देशभरि आंशिक बदलि रहनेछ । देशको थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

थप जानकारीको लागि

http://mfd.gov.np/content/?id=983

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .