Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

बिहीबार, असार ३२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०८ देखि २०७५/१०/१०) जारी समयः बिहान ६ः०० बजे

२०७५-१०-०८ २०७५-१०-०८

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०८ देखि २०७५/१०/१०) जारी समयः बिहान ६ः०० बजे

जारी मिति : माघ ०८ गते (मंगलवार) बिहान ६:०० बजे


माघ ०८  गते (मंगलवार)

दिउँसो: देशको पश्चिमी भुभागमा सामान्य देखि पुर्ण बदली र बाँकी भुभागमा सामान्य बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै पश्चिमि र मध्यका हिमालि भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भुभागमा सामान्य देखि पुर्ण बदलि र बाँकी भुभागमा सामान्य बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै पश्चिमि र मध्यका हिमालि भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ ०९  गते (बुधवार)

दिउँसो: देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ।  साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

माघ १०  गते (बिहिवार)

दिउँसो: देशको पश्चिमी भुभागमा आंसिक देखि सामान्य बदली, पुर्वी तथा मध्यका पहाडी भुभागमा आंसिक बदली र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ | 

रातिः देशको पहाडी भुभागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ तथापि मध्यरात पश्चात देशभरी आंसिक बदली रहने संभावना छ | 

पछिल्लो अपडेट गरिएको : 2083-03-30 16:01:27

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला