गैर सरकारी संस्था दर्ता तथा नवीकरण सम्वन्धी शंसोधित सूचना
गैर सरकारी संस्था दर्ता तथा नवीकरण सम्वन्धी शंसोधित सूचना
संस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएका संघ/संस्थाहरुले गृह मन्त्रालयको मिति २०७५।०२।२५ गतेको निर्णयानुसार दर्ता तथा नवीकरण गर्दा साविकको कार्यविधि सहित देहायका निर्देशनहरु अनिवार्य रुपले पालना गर्नु पर्ने व्यहोरा अनुरोध छ भनि मिति २०७५।२।३१ यस कार्यालयबाट सूचना जारी गरिएकोमा गृह मन्त्रालयको च.नं. ६८० मिति २०७५।३।०३ गतको पत्रानुसार गैर सरकारी संस्था दर्ता तथा नवीकरण सम्वन्धी सूचना निर्णय नं. ३ र ४ हाल कार्यान्वयन नगर्न हुन भनि निर्देशन भएको हुँदा सोही व्यहोरा जानकारीका लागि अनुरोध छ।
देहाय
- यस कार्यालयमा दर्ता भएका गैर सरकारी संस्थाहरुले आ-आफ्नो कार्यसमितिका वर्तमान सदस्यहरुको नाम,थर ठेगानाको विवरण यो सूचना प्रकाशित भएको मितिले २१(एक्काईस) दिन भित्र यस कार्यालयमा अनिवार्य अद्यावधिक गराउने ।
- विगत ३(तीन) वर्ष देखि नवीकरण नभएका संस्थाहरुले आर्थिक विवरणको सक्कलै प्रतिवेदन सहित आवश्यक प्रकृया पुरा गरी यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र संस्था नवीकरण गराउने । सो अवधी भित्र नवीकरण हुन नआउने संस्थाहरुको हकमा दर्ता खारेजीको प्रकृया अगाडी बढाइने छ ।
- अबदेखि गैर सरकारी संस्था दर्ता हुँदा एक भन्दा बढी क्षेत्रहरुमा काम गर्न नपाउने गरी मात्र दर्ता हुने र यस अगाडी दर्ता भई सकेका संस्थाहरुको हकमा नवीकरण गर्दा एक क्षेत्रमा मात्र गर्ने गरी उद्देश्यमा परिवर्तन गरेर मात्र संस्था नवीकरण हुने ।
- क) कार्यसमितिका पदाधिकारीहरु तथा कर्मचारीहरुको सम्पत्ती विवरण अनिवार्य पेश गर्ने ।
ख) गैरसरकारी संस्था तथा प्रतिफल वितरण नगर्ने कम्पनीका कार्यसमितिका सदस्यहरु तथा कर्मचारीहरुको सम्पत्ती विवरण समेत बुझाउनु पर्ने र सम्पत्ती विवरण नबुझाएमा संस्था दर्ता तथा नवीकरण गर्न नसकिने।
- राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुले गरेका काम कारवाहीको चौमासिक रुपमा प्रतिवेदन दिने प्रणालीलाई अनिवार्य रुपले पालना गर्ने ।
