Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नेपाल-भारत संयुक्त सीमा समन्वय समिति बैठक सम्पन्‍न

२०७५-१२-१८ २०७५-१२-१८

नेपाल-भारत संयुक्त सीमा समन्वय समिति बैठक सम्पन्‍न

 

      भारतको उत्तराखण्ड राज्य अन्तरगत पिथौरागढको जिलाधिकारी कार्यालयको आयोजनामा भारतमा हुन गैरहेको लोक सभा सामान्वय निर्वाचन २०१९ समेतलाई दृष्‍टिगत गरि यही मिति २०७५।१२।१७ (तदनुसार ३१ मार्च २०१९) का दिन जिलाधिकारीको कार्यालय पिथौरागढको समाकक्षमा नेपाल-भारत सीमा समन्वय समितिको बैठक सम्पन्‍न भयो । उक्त बैठकमा भारतीय समकक्षीका तर्फबाट पिथौरागढका जिलाधिकारी डा. विजय कुमार जोगदण्डेले नेतृत्व गर्नु भएको थियो भने दार्चुलाका तर्फबाट प्रमुख जिल्ला अधिकारी श्री शंकर बहादुर बिष्‍टले नेतृत्व गर्नु भएको थियो । नेपाली प्रतिनिधि मण्डलमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं अन्य सरोकारवाला निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।

     

      बैठकमा खास गरी सीमा अपराध नियन्त्रण, वाँगाबगर/खोतिला पहिरो नियन्त्रण/व्यवस्थापन, महाकाली नदीमा बन्ने मोटरपुल/झोलुङ्गे पुल, सीमा क्षेत्रमा गरिने निर्माण कार्यमा आपसी समन्वय, सीमा क्षेत्रमा सहज आवागमन लगायतका भारतीय पेन्सनरहरुले भोग्नु परेको समस्या लगायतका विषयमा छलफल भई लोक सभा सामान्य निर्वाचन सफलतापूर्वक सम्पन्‍न गर्न नेपालका तर्फबाट सहयोग पुरयाईने र अन्य विषयबस्तुका सम्बन्धमा दुवै पक्षका तर्फबाट आपसी सहयोग र समन्वय स्थापित गरी सीमा स्तरका स्थानीय समस्यालाई हल गरिने सहमति व्यक्त गरियो ।   

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .