Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला परिचय

2075-03-04

2075-03-04


भौगोलिक /जनसांख्यिक विवरण:

  • क्षेत्रफल :      २७८२.२८ वर्ग कि.मी. (स्रोत: पाठ्यक्रम विकास केन्द्र, काठमाण्डौं)
  • जनसंख्या :   १,३३,२७४ जना

        पुरुष:     ६३,६०५ जना

        महिला:   ६९,६६९ जना

  • बार्षिक जनसंख्या वृद्धिदर:        ०.९०५ प्रतिशत

सामाजिक अवस्थाः

  • साक्षरता दर :             ९५.५ प्रतिशत
  • पुरुष साक्षरता दर :     ९४.६ प्रतिशत
  • महिला साक्षरता दर :   ९६.४ प्रतिशत
  • २३ औं साक्षार जिल्ला घोषित ।
  • खानेपानीमा पहुंच भएको जन संख्या : ८३ प्रतिशत
  • विद्युत लाभान्वित घरपरिवार: ४० प्रतिशत, सौर्य उर्जा सोलार ३३.५५ प्रतिशत

धार्मिक/सांस्कृतिक अवस्था:

  • सातौ धामको रुपमा परिचित मालिकार्जुन मन्दिर, लटिनाथ मन्दिर मार्मा, दुर्गाभवानी (घोल्जर), हुनैनाथ, जयपुर, बन्तोली, समैजी    
  • कैलाश मानसरोवर मार्ग ।
  • मुख्य पर्व- गोकुले शिवरात्री मेला, गौरा पर्व, विसु जात्रा,  दुहुँ जगेनी जात्रा ।
  • क्षेत्री,ब्राह्मण समुदाय र संस्कृती तथा आदिवासी/ जनजाती शौका समुदाय र संस्कृति ।

आर्थिक गतिविधि:

  • राष्ट्रिय गरीबीको रेखामुनि रहेको जनसंख्या : ५३ प्रतिशत
  • प्रतिव्यक्ति आय :अमेरिकी डलर ६२७
  • मानव विकास सूचकाङ्क: ०.५०२
  • १२% मात्र कृषि योग्य जमिन ।
  • उच्च हिमाली भेगमा यार्चागुम्बा लगायत जडीबुटी र पशुपालन प्रमुख आय आर्जनको माध्यम ।

राजनितिक अवस्था: 

  • प्रतिनिधिसभा सदस्य एक निर्वाचन क्षेत्र ।
  • प्रदेशसभा सदस्य दुई निर्वाचन क्षेत्र ।
  • नौ वटा स्थानीय तह । (७ गाउँपालिका, २ न.पा. )
  • जिल्ला भरिमा क्रियाशिल प्रमुख राजनीतिक दलः– नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.), नेपाली काँग्रेस, रा.प्र.पा., विवेकशील साँझा पार्टी, राष्ट्रिय जनमोर्चा ।

 

 भौतिक पूर्वाधारको अवस्थाः

  • कालोपत्रे सडक : ७२ किलोमिटर (गोकुलेश्वर-खलङ्गा सडक खण्ड मात्र )
  • गोकुले देखि बलाँच सम्म ।
  • कच्ची सडक : दार्चुला-तिंकर, खलंगा-दल्लेख-गोकुले, बलाँच-लटिनाथ-परीबगर,  दत्तु-जोलजीवि-लाली ।
  • गोकुले विमानस्थल:- हाल बन्द ।
  • विद्युतको १५ कि.मि. नयाँ प्रशारण लाईन संचालन ।
  • राष्ट्रिय प्रसारणबाट ११ के.भी. प्रशारण लाईनमा बलाँच देखि थाली गाड सम्म ३४ कि.मि. विद्युत प्रशारण लाईन निर्माण ।

हाल संचालनमा रहेका ठुला विकास आयोजनाहरु:

  • २०६७ साल देखि शुरु भएको ३० मेगावाटको चमेलिया हाइड्रो पावर परियोजनाको काम सम्पन्न भएको । 
  • ८.५ मे.वा. क्षमताको जलविद्युत आयोजना संचालनमा रहेको ।
  • ८ मे.वा. क्षमताको माथिल्लो नौगाड जलविद्युत आयोजना संचालनको क्रममा रहेको ।
  • १० मे.वा. क्षमताको मकरीगाड जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको ।
  • ८० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना DPR तयारीको क्रममा रहेको ।
  • २०७० साल देखि शुरु भएको ५.१६ कि.मि. लम्बाई भएको महाकाली नदी नियन्त्रण परियोजनाको अधिकाँश काम सम्पन्न । 
  • २०६७ साल देखि शुरु भएको १३४ कि.मि. लम्बाइ भएको दार्चुला–तिङ्कर सडक आयोजनाको ४५ कि.मि. ट्रयाक खोल्ने कार्य सम्पन्न।
संचार-
  • पत्र पत्रिका:- ३ (कालापानी पोष्ट साप्ताहिक, दार्चुला सन्देश दैनिक र मानसरोवर दैनिक)
  • एफ.एम.स्टेशन: ६
  • नयाँ नेपाल एफ.एम. १०४.५ MHz,
  • मालिकार्जुन एफ.एम. १०६.७ MHz
  • कालापानी एफ.एम. १०२.२ MHz
  • सारथी एफ.एम. ९०.७ MHz
  • रेडियो सारथी एफ.एम. ९२.२ MHz
  • दार्चुला एफ.एम. ९० MHz
  • जिल्लाको सितोला, क्षेति र घाँजिर क्षेत्र बाहेक सबै तिर मोवाइल टेलिफोन सेवा तथा एफ.एम. रेडियोको पहुंच रहेको ।

 

श्रोत :- सम्बन्धित कार्यालय र तथ्यांक कार्यालय, दार्चुला

पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .