एकिकृत घुम्ति सेवा शिविर सम्बन्धि सूचना !
२०७५-१२-२०
२०७५-१२-२०
एकिकृत घुम्ति सेवा शिविर सम्बन्धि सूचना !
यस कार्यालयको आयोजना एवं मार्मा गाउँपालिकाको संयोजनमा यही मिति २०७५।१२।२३ र २४ गते दुई दिने सार्वजनिक सुनुवाई सहितको मार्मा गाउपालिका, गाउँ कार्यपालिकाको कार्यालयको केन्द्रमा एकिकृत घुम्ति सेवा शिविर सञ्चालन हुने भएको हुँदा उक्त शिविरमा उपस्थित भई सेवा लिन हुन सम्बन्धित गाउँपालिका वासी सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।
शिविरमा उपलब्ध हुने सेवाहरु
- नयाँ नेपाली नागरिकता प्रमाण-पत्र वितरण
- फोटो सहितको मतदाता नामावली संकलन
- स्वास्थ्य सेवा
- लघु, घरेलु तथा साना उद्योग, व्यापारिक फर्महरुको दर्ता, नविकरण, नामसारी, खारेजी सेवा
- पशु स्वास्थ्य सेवा
- अन्य
