जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट विद्युतीय राहदानी (e-Passport) सेवा संचालन भएको छ । सेवाग्राहीले विद्युतीय राहदानी बनाउनका लागि निम्नानुसारको कार्यहरु गर्नुपर्दछ ।
राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउनु पर्ने :- विद्युतीय राहदानीका लागि अनलाईन निवेदन दिँदा राष्ट्रिय परिचयपत्र वा सोको नम्बर आवश्यक पर्ने हुँदा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचय पत्र नम्बर लिई राहदानी विभागको वेबसाइटमा गई आवेदन दिनुपर्छ ।
सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ ।
राजश्व:-३४ पृष्ठको राहदानीका लागि पाँच हजार र ६६ पृष्ठको राहदानीलाई दश हजार राजश्व लाग्ने
राहदानी तयार:- सेवाग्राहीले यसरी अनलाइनमार्फत फारम भरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गरेपश्चात १५-२० दिनमा जिल्ला प्रशासन कार्यालयमार्फत विद्युतीय राहदानी पाउन सक्नेछन् ।