CCTV/Camera जडान तथा सञ्चालन सम्बन्धी सूचनाः
तस्बिर : CCTV / Camera connection and operating information
सूचना ! सूचना !! सूचना !!!
CCTV/Camera जडान तथा सञ्चालन सम्बन्धी सूचनाः
यस कार्यालयबाट मिति २०७५।०२।२० गते CCTV/Camera जडान तथा सञ्चालन सम्बन्धी सूचना प्रकाशित भएकोमा हालसम्म केही व्यक्ति, संघ संस्था वा कार्यालयहरुले मात्र अनुमति लिएको र यस जिल्ला भित्र अनुमति लिन बाँकी व्यक्ति, संघ संस्था वा कार्यालयहरुले अनुमति विना CCTV/Camera जडान गरि सञ्चालनमा रहेका भन्ने बुझिन आएको हुँदा "CCTV/Camera जडान तथा संचालन सम्बन्धी कार्यविधि, २०७२" कार्यविधिमा उल्लेख भए अनुसारको तपसिल अनुसारको अनुसूचि १ र २ वमोजिमको प्रकृया पुरा गरी यथाशिघ्र अनिवार्य रुपमा अनुमति लिन हुन पुन: सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त कार्यविधि विपरित CCTV/Camera जडान एवं सञ्चालन भए गरेको पाइएमा विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ बमोजिम कारवाही भै जाने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।
तपसिल
अनुसूची-१
CCTV/Camera जडान तथा संचालन सम्बन्धी अनुमतिका लागि निवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरु:-
- प्रयोजन खुलेको निवेदन पत्र
- व्यक्तिको नागरिकताको प्रतिलिपि/ परिचय खुल्ने अन्य कागजातहरु
- घर नक्साको प्रतिलिपि
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
- गा.पा./ न.पा.को सिफारिश
- CCTV/Camera को निग्रानीका लागि सम्बन्धित पक्षबाट खटिने व्यक्तिको विवरण ।
अनुसूची-२
- निवेदन
- CCTV/Camera को विवरणः
- क्यामेरा बनेको कम्पनी:-
- मेगापिक्सेल:-
- पिटीजेट/ फिक्स:-
- डाटा सटोरेज क्षमता:-
- डाटा सटोरेज अवधि:-
- CCTV/Camera जडान गर्ने स्थानहरु:-
- CCTV/Camera को संख्या:-
- CCTV/Camera गर्नुपर्नको कारण:-
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
|
CCTV Camera जडान तथा सञ्चालन सम्बन्धी
CCTV_Camera_जडान_तथा_सञ्चालन_सम्बन्धी.jpg |
522.12 KB |
