Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

CCTV/Camera जडान तथा सञ्चालन सम्बन्धी सूचनाः

२०७५-०४-०३ २०७५-०४-०३

"CCTV/Camera जडान तथा संचालन सम्बन्धी कार्यविधि, २०७२" अनुसार जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र CCTV/Camera जडान गरी सञ्चालन गर्नुपर्ने कानूनी प्रावधान रहेकोमा यस जिल्ला भित्र अनुमति विना CCTV/Camera जडान गरि सञ्चालनमा रहेका भन्ने बुझिन आएको हुँदा यो सूचना जारी भएको मितिले २१ (एक्काईस) दिन भित्र कार्यविधिमा उल्लेख भए अनुसारको तपसिल अनुसारको अनुसूचि १ र २ वमोजिमको प्रकृया पुरा गरी अनिवार्य रुपमा अनुमति लिन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त कार्यविधि विपरित CCTV/Camera जडान एवं सञ्चालन भए गरेको पाइएमा विद्युतीय(ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ बमोजिम कारवाही भै जाने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।

तपसिल

अनुसूची-१

CCTV/Camera जडान तथा संचालन सम्बन्धी अनुमतिका लागि निवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरु:-

  1. प्रयोजन खुलेको निवेदन पत्र
  2. व्यक्तिको नागरिकताको प्रतिलिपि/ परिचय खुल्ने अन्य कागजातहरु
  3. घर नक्साको प्रतिलिपि
  4. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
  5. गा.पा./ न.पा.को सिफारिश
  6. CCTV/Camera को निग्रानीका लागि सम्बन्धित पक्षबाट खटिने व्यक्तिको विवरण ।

अनुसूची-२

  1. निवेदन
  2. CCTV/Camera को विवरणः
  1. क्यामेरा बनेको कम्पनी:-
  2. मेगापिक्सेल:-
  3. पिटीजेट/ फिक्स:-
  4. डाटा सटोरेज क्षमता:-
  5. डाटा सटोरेज अवधि:-
  6. CCTV/Camera जडान गर्ने स्थानहरु:-
  7. CCTV/Camera को संख्या:-
  8. CCTV/Camera गर्नुपर्नको कारण:-

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .