Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नयाँ एमआरपि (MRP) बनाउन के गर्ने ?

    नयाँ एमआरपि बनाउनका लागि रीत पूर्वक राहदानी फाराम भरी एमआरपिलाई तोकिए अनुसारको फोटो खिची सम्बन्धित जिल्ला प्रशासन कार्यलयबाट वा द्रुत सेवाको लागि राहदानी विभाग, नारायणहिटीबाट आवेदन दिन सकिन्छ । कागजात रुजु भए पश्चात राहदानीका लागि तोकिएको शुल्क तिरी आवेदन दिनु पर्दछ । राहदानीको निमित्त आवेदन निम्न अनुसार दिन सकिन्छ ।

क) आवेदक नेपालमा भए

राहदानी आवेदक नेपालमा रहेको अवस्थामा साधारण सेवाका लागि जुन जिल्लाबाट नागरिकता/नाबालक     परिचयपत्र जारी गरिएको हो सोही जिल्लामा स्वयं उपस्थित भई आवेदन दिन सकिन्छ ।

यदि आवेदकलाई राहदानी तुरुन्त आवश्यक परी द्रुत सेवामा राहदानी लिनु पर्ने छ भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट फोटो सहितको सिफारिश (नागरिकता प्रमाणपत्र/नाबालक परिचयपत्रको प्रमाणीकरण) लिई राहदानी विभाग नारायणहिटी काठमाण्डौमा आवेदन दिनु पर्दछ । विभागबाट आवेदन दिँदा Online मार्फत Pre-enrollment फारम भरी सो को प्रिन्ट वा Barcode Number लिई आउनुपर्नेछ ।

ख) आवेदक विदेशमा भएमा

  विदेशमा रहेका नेपालीहरुले राहदानीका लागि आवेदन दिदा त्यहाँ अवस्थित नेपाली राजदूतावास वा यदि उक्त देशमा राजदूतावास रहेनछ भने उक्त देश जुन नेपाली राजदूतावासको कार्यक्षेत्र भित्र पर्दछ सोहि नेपाली राजदूतावासमा आवेदन दिन सकिन्छ । विदेशमा आवेदन दिँदा द्रुत सेवा उपलब्ध छैन ।


धेरै सोधिएका


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .