राहदानीमा उल्लेखित विवरण संशोधन गर्नु परेमा के गर्ने ?
एमआरपि संशोधनका लागि सोहि पुस्तिकामा संशोधन हुन नसक्ने हुँदा राहदानी पुस्तिका नै बदल्नु पर्ने भएकोले नयाँ राहदानी नम्बर आउने हुन्छ । यसका लागिः
क) सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा राहदानी विभागमा आवेदन दिन सकिन्छ ।
ख) राहदानीको लागि बुझाईएको फाराममा निवेदक बाटै गल्ति भएको रहेछ भने राहदानी जारी भएको मितिले एक वर्ष भित्रमा संशोधन शुल्क रु.५०००/–लाग्छ भने त्यस पश्चात नियमित शुल्क लाग्ने हुन्छ ।
ग) फाराममा भरेको विवरण अनुसार नभई राहदानी छपाई प्रक्रियाका कारण त्रुटी हुन गएमा राहदानी जारी मितिको एक वर्ष भित्रमा(राहदानी प्रयोगमा न आएको भए मात्र ) विभागबाट निःशुल्क संशोधन हुन्छ । तत् पश्चात भने बुँदा(ख)मा उल्लिखित शुल्क लाग्ने हुन्छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .