Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी बनाउन के के कागजात आवश्यक हुन्छ ?

राहदानी बनाउन के के कागजात आवश्यक हुन्छ ?

क) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र (१ प्रति प्रतिलिपि सहित)

ख) नावालक (१६ वर्ष उमेर पूरा नभएको)को हकमा जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नाबालक परिचयपत्रको सक्कल (१ प्रति प्रतिलिपि सहित),बाबु र आमाको सक्कल नागरिकता (एक एक प्रति प्रतिलिपि सहित)

(साथै बाबु र आमामध्ये कुनै एक वा नाबालक परिचयपत्रमा नाम उल्लेख गरिएको संरक्षक अनिवार्य उपस्थित हुनुपर्ने)

ग) द्रुत सेवा ( एक दिन – रु १५,०००, दुइ दिन – रु १२,००० वा तिन दिन – रु १०,००० ) अन्तर्गत राहदानी विभागमा आवेदन दिनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट निर्धारित ढाँचामा उपलब्ध गराईएको नागरिकता/नाबालक परिचयपत्र प्रमाणिकरण

घ)पहिला राहदानी लिएको भए सोको सक्कल (१ प्रति प्रतिलिपि सहित)

ङ)Online मार्फत Pre-enrollment (पूर्व दर्ता प्रणाली) बाट आवेदन गरेको फारम प्रिन्ट गरी निकाल्न वा Barcode Number प्राप्त गर्न, यस विभागको web page www.nepalpassport.gov.np मा Log In गर्नुहोस् वा Mobile app ‘Nepal Passport’ प्रयोग गर्नुहोस् ।

च) विरामी, वालक, वृद्ध वा अशक्तको हकमा पुरानै ढाँचाको ICR (Intelligent Character Recognition) फर्म Manually भरी पेश गर्न सकिने ।

मसंग राहदानी विभाग,काठमाडौंबाट जारी भएको पुरानो हस्तलिखित राहदानी छ, मैले पुनः राहदानी विभागबाट MRP आवेदन दिन जिल्लाको सिफारिस ल्याउनु पर्छ?

पर्छ । हस्तलिखित राहदानीको Digital अभिलेख नरहने हुँदा जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित गरि राहदानी विभागमा आवेदन दिन सकिन्छ । एक पटक यस विभाग वा जिल्ला प्रशासन कार्यालयबाट MRP को लागि कागजातहरु पेश गरेर MRP प्राप्त गरिसकेपछि, पुन: अर्कोपटक MRP आवेदन दिंदा त्यस्तो जिल्ला प्रमाणिकरण आवश्यक पर्दैन किनभने MRP जारी गर्दा पेश भएको कागजातहरुको Digital अभिलेख राहदानी बिभागमा राख्ने गरिन्छ ।

विदेश स्थित कूटनीतिक नियोगबाट MRP आवेदन दिन जिल्लाको सिफारिस बुझाउन पर्छ?

पर्दैन । तर विदेश स्थित कूटनीतिक नियोगबाट जारि भएको MRP पाना सकिइ अथवा अन्य कुनै कारणले नवीकरण गर्नुपर्ने अवस्थामा भने त्यस्तो जिल्ला प्रमाणिकरण (नागरिकताको अभिलेख सम्बन्धि) अनिवार्य गरिएको छ । साथै विदेशमा रहेका नेपालीहरुसंग पुरानो राहदानी वाहेक अन्य कागजातहरु साथमा नहुन सक्ने,भएपनि नागरिकताको प्रमाणिकरण गर्न सम्भव नहुने लगायतका समस्याहरु पर्न गई सर्वसाधारणले झन्झट बेहोर्न नपरोस् भनि यस्तो ब्यवस्था गरिएको हो।


धेरै सोधिएका


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .