राहदानी सम्बन्धी विशेष जानकारी र प्राप्त राहदानीहरुको विवरण
2076-05-17
2076-05-17
राहदानी सम्बन्धी विशेष जानकारीः
- राहदानीको फर्म भर्ने लिंक https://emrtds.nepalpassport.gov.np/
- राहदानी बनाउन ePassport अनलाईन फर्म सहित पेशपर्ने कागजातहरुः
- नेपाली नागरिकता प्रमाण पत्रको सक्कलै प्रति र सोको छायाँप्रति एक प्रति
- राष्ट्रिय परिचयपत्र विवरण रुजु फाराम/भरपाईको सक्कलै प्रति



E-Passport को फोटो खिच्न आउँदा ध्यान दिनुपर्ने कुराहरुः
१. कुनै किसिमका गहनाहरु (टप, झुम्का, सिक्री र मुन्द्रा) लगाउन नहुँने ।
२. कपालले कान छेक्न नहुँने ।
३. रातो र हरियो रङ्गको लुगा लगाउन नहुँने ।
४. ज्याकेट‚ हुडी‚ मफलर फोटो खिच्दा लगाउन नहुँने ।
५. कुनै पनि किसिमको माला लगाउन नहुँने ।
६. अनुहारको पसिना पानी पुछि अनुहार सुक्खा राख्ने ।
७. अनुहारमा कुनै पनि किसिमको मेकअप गरेको हुन नहुँने।
८. कपाल, दारी पालेको नहुँने ।
