Public Hearing Program at DAO Darchula, 2083।03।23 Date
4 days ago
2083-07-16
नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, दार्चुला
सेवा प्रवाह सम्बन्धमा सहजिकरण, समन्वय र सार्वजनिकसुनुवाई सम्बन्धी विवरण
आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिकको सेवा प्रवाह प्रगति, समन्वय, सहजीकरण तथा जनअभिमत समीक्षा
मिति: २०८३ आषाढ २३ गते
स्थान:- कार्यालय परिसर
━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━
१. पृष्ठभूमि तथा कार्यक्रमको विवरण
जिल्ल प्रशासन कार्यालय दार्चुलाबाट प्रवाह हुने सेवालाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, दार्चुलाको आयोजनामा मिति २०८३ साल आषाढ २३ गते मङ्गलवारका दिन कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी श्री अनिल पौडेलज्यूको अध्यक्षतामा 'सार्वजनिक सुनुवाई कार्यक्रम' सम्पन्न भएको छ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख श्री महादेव बडू 'कश्यप' ज्यूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरू, स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू (नेकपा एमालेका सचिव उमेश राज जोशी, नेपाली कांग्रेसका प्रतिनिधि खडक सिंह, नेकपाका गोविन्द पाण्डेय लगायत), सुरक्षा निकायका प्रमुखहरू (जिल्ला प्रहरी कार्यालयका प्रमुख गौरव महत, सशस्त्र प्रहरी बलका गुण राज न्यौपाने लगायत), नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र सिंह धामी, नागरिक समाज, महिला आमा समूह (मोहनी अवस्थी, भुवनेश्वरी जोशी), देउडा संस्कृति अभियन्ता धनमती बोहरा र आम सेवाग्राही गरी कुल ७१ जनाभन्दा बढीको सक्रिय उपस्थिति रहेको थियो।
२. कार्यालयको सेवा प्रवाहको प्रगति तथा समन्वय/सहजीकरण
आ.व. २०८२/०८३ मा यस कार्यालयबाट प्रवाह गरिएका सेवाहरू तथा अन्तर-निकाय समन्वयका क्षेत्रमा निम्नानुसारको उल्लेखनीय प्रगति हासिल भएको विवरण कार्यक्रममा प्रस्तुत गरियो:
- सेवा प्रवाह प्रगति: चालु आ.व. को असार १६ गतेसम्म ४,६५९ नागरिकता (जिल्ला प्रशासनबाट ४,१२० र इलाका प्रशासन गोकुलेश्वरबाट ५३९) जारी गरिएको। १,२०० राहदानी र ६,२७९ राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्पन्न भएको।
- नवप्रवर्तन र भौतिक सुधार: सेवाग्राहीका लागि व्यवस्थित प्रतिक्षालय (Shade) र आरामदायी कुर्सी, अत्याधुनिक शुद्ध पिउने पानी मेसिन, टिभी र मूल ढोकामै 'Help Desk' स्थापना गरी पूर्वाधारमा व्यापक सुधार गरिएको। ६१ मध्ये ५८ वडा कार्यालयबाट अनलाइन सिफारिस प्रणाली लागू भइसकेको।
- समन्वय तथा सहजीकरण: मन्त्रिपरिषद्को निर्णय बमोजिम धाप सुख्खा बन्दरगाह (ICP) निर्माणका लागि सरकारी जग्गा उपयोग गराउने ऐक्यवद्धता (२०८२।०८।०२) र जिल्ला अस्पतालको अधुरो भवन एवं महाकाली नदी तटबन्ध मर्मतमा निरन्तर समन्वय गरिएको। रक्तसञ्चार केन्द्र स्थापनाका लागि रु. ५,०२,८८१ स्वैच्छिक संकलन गरी रेडक्रसलाई हस्तान्तरण गरिएको।
३. नागरिक सन्तुष्टि अभिमत (Exit Poll) को नतिजा विश्लेषण
मिति २०८३ असार १७ गतेदेखि २२ गतेसम्म यस कार्यालयबाट सेवा लिई बाहिरिएका कुल १५० जना सेवाग्राहीहरू बीच (डाटा संकलक सारङ्गी खत्री, सहजकर्ता प्रकाश चन्द्र भट्ट र कार्यक्रम संयोजक नरेन्द्र सिंह कार्कीद्वारा) ११ वटा मुख्य प्रश्नहरू समेटेर संकलन गरिएको 'नागरिक प्रतिवेदन (Citizen Report Card)' को नतिजा देहाय बमोजिम पाइएको छ:
| सूचक / विधा (Indicators) | संकलित प्रतिक्रिया तथा तथ्याङ्क (Data Breakdown) | मुख्य निष्कर्ष (Key Takeaways) |
|---|---|---|
| १. सेवाको विधा | नागरिकता: ५५ | राष्ट्रिय परिचयपत्र: ५४ | राहदानी: १८ | अन्य सेवा: २५ | कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्रको चाप उच्च देखिन्छ। |
| २. विचौलियाको प्रभाव | आफै एक्लै काम सम्पन्न: १३४ | इष्टमित्रको सहयोग: १८ | विचौलिया/पैसा बुझाएको: ३/१ | ९०% भन्दा बढी नागरिकले बिना कुनै विचौलिया वा आर्थिक लेनदेन आफैं काम फत्ते गरेका छन्, जसले भ्रष्टाचारमुक्त प्रशासन स्पष्ट पार्छ। |
| ३. सेवा प्राप्तिको समय | १ घण्टा भित्र: १११ जना | ३ घण्टा भित्र: २३ जना | पुरै दिन/धेरै दिन लागेको: १६ जना | ७४% भन्दा बढी सेवाग्राहीको काम कार्यालय प्रवेश गरेको एक घण्टा भित्रै सम्पन्न भएको पाइएको छ। |
| ४. कर्मचारीको व्यवहार | सहयोगी र मित्रवत: १३९ जना | झर्कीफर्की/काम पन्छाउने/कुरा सुन्न नचाहने: ५ जना | ९२% भन्दा बढी सेवाग्राही कर्मचारीको व्यवहारप्रति पूर्ण सन्तुष्ट छन्, बाँकी ५ जनाको हकमा व्यवहार सुधार गर्न निर्देशित गरिएको छ। |
| ५. भौतिक पूर्वाधार (बस्ने/पानी/TV) | अत्यन्त उपयोगी: १० | उपयोगी: ९४ | ठिक ठिकै: ४० | उपयोगी नपाइएको: ६ | कार्यालयले हालै निर्माण गरेको 'Shade' र पिउने पानीको व्यवस्थालाई बहुसंख्यक (१०४ जना) नागरिकले निकै उपयोगी मानेका छन्। |
यस जिल्ला प्रशासन कार्यालय दार्चुलाको सेवा प्रवाह पारदर्शी र नागरिकमैत्री रहेको तथ्य यस जनअभिमतले पुष्टि गरेको छ। कार्यक्रममा प्राप्त रचनात्मक सुझावहरूलाई मार्गदर्शनको रूपमा लिई आगामी दिनमा सेवालाई थप प्रविधिमैत्री र झन्झटमुक्त बनाउन यो कार्यालय कटिबद्ध छ। यसमा उल्लेखित चुनौतीहरूमा मन्त्रालयबाट आवश्यक मार्गदर्शनका लागि समेत अनुरोध गरिएको छ ।
कार्यक्रममा लिएका तस्विरहरु, उपस्थिति, Exit Pole प्रतिवेदन, प्रश्नावली, सम्झौता यसै साथ संलग्न छ ।

.png)
