Introduction 2075-03-04

भौगोलिक /जनसांख्यिक विवरण:
- क्षेत्रफल : २७८२.२८ वर्ग कि.मी. (स्रोत: पाठ्यक्रम विकास केन्द्र, काठमाण्डौं)
- जनसंख्या : १,३३,२७४ जना
पुरुष: ६३,६०५ जना
महिला: ६९,६६९ जना
- बार्षिक जनसंख्या वृद्धिदर: ०.९०५ प्रतिशत
सामाजिक अवस्थाः
- साक्षरता दर : ९५.५ प्रतिशत
- पुरुष साक्षरता दर : ९४.६ प्रतिशत
- महिला साक्षरता दर : ९६.४ प्रतिशत
- २३ औं साक्षार जिल्ला घोषित ।
- खानेपानीमा पहुंच भएको जन संख्या : ८३ प्रतिशत
- विद्युत लाभान्वित घरपरिवार: ४० प्रतिशत, सौर्य उर्जा सोलार ३३.५५ प्रतिशत
धार्मिक/सांस्कृतिक अवस्था:

- सातौ धामको रुपमा परिचित मालिकार्जुन मन्दिर, लटिनाथ मन्दिर मार्मा, दुर्गाभवानी (घोल्जर), हुनैनाथ, जयपुर, बन्तोली, समैजी
- कैलाश मानसरोवर मार्ग ।
- मुख्य पर्व- गोकुले शिवरात्री मेला, गौरा पर्व, विसु जात्रा, दुहुँ जगेनी जात्रा ।
- क्षेत्री,ब्राह्मण समुदाय र संस्कृती तथा आदिवासी/ जनजाती शौका समुदाय र संस्कृति ।
आर्थिक गतिविधि:
- राष्ट्रिय गरीबीको रेखामुनि रहेको जनसंख्या : ५३ प्रतिशत
- प्रतिव्यक्ति आय :अमेरिकी डलर ६२७
- मानव विकास सूचकाङ्क: ०.५०२
- १२% मात्र कृषि योग्य जमिन ।
- उच्च हिमाली भेगमा यार्चागुम्बा लगायत जडीबुटी र पशुपालन प्रमुख आय आर्जनको माध्यम ।
राजनितिक अवस्था:
- प्रतिनिधिसभा सदस्य एक निर्वाचन क्षेत्र ।
- प्रदेशसभा सदस्य दुई निर्वाचन क्षेत्र ।
- नौ वटा स्थानीय तह । (७ गाउँपालिका, २ न.पा. )
- जिल्ला भरिमा क्रियाशिल प्रमुख राजनीतिक दलः– नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.), नेपाली काँग्रेस, रा.प्र.पा., विवेकशील साँझा पार्टी, राष्ट्रिय जनमोर्चा ।
भौतिक पूर्वाधारको अवस्थाः
- कालोपत्रे सडक : ७२ किलोमिटर (गोकुलेश्वर-खलङ्गा सडक खण्ड मात्र )
- गोकुले देखि बलाँच सम्म ।
- कच्ची सडक : दार्चुला-तिंकर, खलंगा-दल्लेख-गोकुले, बलाँच-लटिनाथ-परीबगर, दत्तु-जोलजीवि-लाली ।
- गोकुले विमानस्थल:- हाल बन्द ।
- विद्युतको १५ कि.मि. नयाँ प्रशारण लाईन संचालन ।
- राष्ट्रिय प्रसारणबाट ११ के.भी. प्रशारण लाईनमा बलाँच देखि थाली गाड सम्म ३४ कि.मि. विद्युत प्रशारण लाईन निर्माण ।
हाल संचालनमा रहेका ठुला विकास आयोजनाहरु:
- २०६७ साल देखि शुरु भएको ३० मेगावाटको चमेलिया हाइड्रो पावर परियोजनाको काम सम्पन्न भएको ।
- ८.५ मे.वा. क्षमताको जलविद्युत आयोजना संचालनमा रहेको ।
- ८ मे.वा. क्षमताको माथिल्लो नौगाड जलविद्युत आयोजना संचालनको क्रममा रहेको ।
- १० मे.वा. क्षमताको मकरीगाड जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको ।
- ८० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना DPR तयारीको क्रममा रहेको ।
- २०७० साल देखि शुरु भएको ५.१६ कि.मि. लम्बाई भएको महाकाली नदी नियन्त्रण परियोजनाको अधिकाँश काम सम्पन्न ।
- २०६७ साल देखि शुरु भएको १३४ कि.मि. लम्बाइ भएको दार्चुला–तिङ्कर सडक आयोजनाको ४५ कि.मि. ट्रयाक खोल्ने कार्य सम्पन्न।
संचार-
- पत्र पत्रिका:- ३ (कालापानी पोष्ट साप्ताहिक, दार्चुला सन्देश दैनिक र मानसरोवर दैनिक)
- एफ.एम.स्टेशन: ६
- नयाँ नेपाल एफ.एम. १०४.५ MHz,
- मालिकार्जुन एफ.एम. १०६.७ MHz
- कालापानी एफ.एम. १०२.२ MHz
- सारथी एफ.एम. ९०.७ MHz
- रेडियो सारथी एफ.एम. ९२.२ MHz
- दार्चुला एफ.एम. ९० MHz
- जिल्लाको सितोला, क्षेति र घाँजिर क्षेत्र बाहेक सबै तिर मोवाइल टेलिफोन सेवा तथा एफ.एम. रेडियोको पहुंच रहेको ।
श्रोत :- सम्बन्धित कार्यालय र तथ्यांक कार्यालय, दार्चुला
