Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Darchula

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Darchula

Thursday, Ashadh 04, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

minuting ddmc 2076/3/11

2076-03-11

2076-03-11


निर्णयहरु

  1. जिल्लामा हुन सक्ने विपद तथा सवै स्थानीय तहहरु लगायत सरोकारवाला निकायका तर्फबाट भइ रहेको पूर्व तयारीका सम्वन्धमा छलफल भइ यस पूर्व भएका निर्णयहरुको कार्यान्वयनको अवस्थाका सम्वन्धमा समीक्षा समेत गरियो । कतिपय स्थानीय तहहरुद्वारा खोज तथा उद्धारका सामाग्रीहरु तथा राहत सामाग्री खरीद हुन वांकी रहेको देखिदा प्राथमिकतापूर्वक यथाशिघ्र खरीद गरी स्थानीय विपद व्यवस्थापन समिति मातहत राख्ने र सवै सुरक्षा निकायहरुलाई समेत उपलव्ध गराउने ।
  2. यस सिमितको मिति २०७६/१/२१ को निर्णयद्वारा जिल्लाको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना र विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०६९ लाई अद्यावधिक गरी मस्यौदा पेश गर्न गठित उप समितिद्वारा पेश हुन आएको दुवै मस्यौदालाई संशोधन सहित सर्वसम्मतिले स्वीकृत गरी अन्तिम रुप दिने तथा तत्काल कार्यान्वयनमा लैजाने ।
  3. मनसूनको समयमा वाढी तथा प्रकोपजन्य विपदबाट राजमार्गहरु अवरुद्ध हुन सक्ने संभावनालाई मध्य नजर गरी तत्काल सडक सुचारु गर्न डिभिजन सडक कार्यालय पाटन, वैतडीले गेकुलेश्वर-दार्चुला सडक खण्डको पनेवाज तथा वगौरा क्षेत्रमा कम्तिमा दुई स्थानमा आसारको दोश्रो साता देखि नै डोजर चौविसै घण्टा तयारी अवस्थामा राख्‍ने । साथै दार्चुला-तिंकर सडक खण्ड तथा खलंगा दल्लेख सडक खण्डमा उत्पन्न हुन सक्ने अवरोध तत्काल हटाउन दार्चुला-तिंकर सडक योजनाले असार दोश्रो साता देखि नै आवश्यक पर्दा तत्काल प्रयोग गर्न सकिने गरी कम्तिमा डेढ महिनाका लागी डोजर भाडामा लिएर भए पनि आवश्यक व्यवस्था मिलाउने । विटुले-पारिवगड सडक खण्डको ड्याम साइडमा हुन सक्ने अवरोध हटाउन चमेलिया जलविद्युत आयोजना वलाचले उक्त क्षेत्रमा आवश्यक व्यवस्था मिलाउने ।
  4. जिल्ला भित्र स्थानीय तहहरुसंग रहेका हेभी इक्वीपमेन्ट तथा चालकलाई स्थानीय विपद व्यवस्थापन समितिको प्रत्यक्ष निर्देशनमा आवश्यक परेको वेला तत्काल परिचालन गर्न मिल्ने गरी तयारी अवस्थामा राख्‍ने । उक्त प्रयोजनका लागी आवश्यक पर्ने जगेडा इन्धनको व्यवस्था समयमै गर्ने ।
  5. सर्वसाधारणले पायक स्थानबाट शिघ्र प्राप्त गर्न सक्ने गरी आवश्यक मात्रामा ग्याविन जाली गोकुले, मार्मा, रिठाचौपाता र दुहुँ इलाका प्रहरी कार्यालय र होपरीमा सम्वन्धीत प्रहरी चौकीको रेखदेखमा रहने गरी राख्ने र जिल्ला प्रशासन कार्यालयको शिफारिसमा पिडितलाई वितरण गर्ने व्यवस्था डिभिजन सिंचाइ कार्यालयले मिलाउने ।
  6. मापदण्ड विना निर्माण गरिने सडक लगायतका पुर्वाधारका कारण वन विनास, भूक्षय, पहिरोको जोखिम जस्ता विपदको सामना गर्नु पर्ने, धन जनको क्षति हुने र व्यवस्थापनमा थप श्रोत साधन खर्चिनु पर्ने हुदा सवै स्थानीय तहहरुलगायत सवै निकायहरुले कुनै पनि पूर्वाधार विकास निर्माणको क्रममा कार्य थालनी पूर्व सवै प्रकारका मापदण्ड पुरा गरेर मात्र योजनाको कार्य अगाडी वढाइ विपदलाई विकाससंग मूल प्रवाहिकरण गर्ने तर्फ विशेष ध्यान दिने ।
  7. विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०६९ (पाचौ शंसोधन २०७६) बमोजिम गठित विभन्न क्षेत्रगत निकायका प्रमुखहरुको वैठक आवश्यकतानुसार जुनसुकै समयमा र आसार देखि भदौसम्म प्रत्येक महिना कम्तिमा १५/१५ दिनमा वसी विपद पूर्व तयारी एवं व्यवस्थापनका सम्वन्धमा अद्यावधिक भइ रहने ।
  8. जिल्ला विपद व्यवस्थापन सिमिति मातहत प्रयाप्त मात्रामा खोज तथा उद्धार एवं राहत सामाग्री मौज्दात नरहेकोले उपलव्ध गराइ दिन प्रदेश विपद व्यवस्थापन समिति सुदुरपश्चिम प्रदेशलाई अनुरोध गर्ने ।
  9. मनसूनको समयमा इन्धनको अभावमा खोज तथा उद्धार कार्य प्रभावित हुन नदिन सुरक्षा निकाय तथा विपद व्यवस्थापनको कार्यमा परिचालन हुने साधनलाई जिल्ला प्रशासन कार्यालयको शिफारिसमा इन्धन उपलव्ध गराउने गरी यस जिल्ला स्थित वालिचन्द आयल स्टोर र महादेव आयल स्टोरलाई कम्तिमा पनि २००० लि. पेट्रोल तथा ४००० लि डिजेल मौज्दात राख्‍न निर्देशन दिने ।
  10.  चालु आ.व.को स्वीकृत कोटा बमोजिमको खाद्यान्न जिल्लाको तिन वटै डिपोमा समय मै ढुवानी गरी भण्डारणको व्यवस्था हुन नेपाल खाद्य संस्थान अंचल कार्यालय धनगढीलाई लेखी पठाउने ।
  11.  जिल्लामा हालसम्म विपदबाट प्रभावित व्यक्तिहरुलाई स्वीकृत मापदण्ड बमोजिम मिति २०७६/०१/२३ देखि हालसम्म प्रदान गरिएको रकम रु. २६,०००।- राहत रकम समर्थन गर्ने ।
  12. जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार्य योजना र मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना पुस्तकाकारको रुपमा छपाई लगायतमा सहयोगका लागि महाकाली नगर पालिकालाई अनुरोध गर्ने ।

 

 

Last Updated : 2083-02-25 11:06:17

© All Rights Reserved to District Administration Office, Darchula .