minuting ddmc 2076-09-28 darchula
2076-09-29
2076-09-29
मिति २०७६।०६।१४ गते २२औं राष्ट्रिय भूकम्प सूरक्षा दिवस जिल्ला स्तरमा विभिन्न कार्यक्रम गरि मनाउन बसेको जिल्ला विपद् व्यवस्थापन समिति, दार्चुलाको बेठकले गरेका निर्णयहरु
- भुकम्पबाट हुने क्षतिबाट बचनका लागि सप्ताह व्यापीरुपमा चेतनामूलक कार्यक्रमहरु मनाउने संदर्भमा यस जिल्लामा तपशिल बमोजिमका कार्यक्रमहरु संचालन गर्ने ।
- जिल्ला स्थित सबै रेडियो एफ.एम.हरुबाट सप्ताह व्यापीरुपमा भूकम्प प्रतिरोधी जिंगल प्रशारणका लागी अनुरोध गर्ने ।
- मिति २०७६।१०।०२ गतेका दिन विहान ७:३० बजे खुला मञ्चमा सम्बद्ध सरोकारवाला सबै भेला जम्मा भई नगर परिक्रमा गरि पुन: खुला मञ्चमा भेला भई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसको सहयोग/समन्वयमा भूकम्प प्रतिकार्य प्रदर्शनी हुने गरि कार्यक्रम गर्ने । यसको नेतृत्वदायी भूमिका जिल्ला रेडक्रस सोसाईटीका मन्त्री दिपक राज अवस्थीले गर्ने ।
- २०७६।१०।०३ गते बेलुका ३:०० बजे महाकाली नगरपालिका वडा नं. ४ बङ्गाबगर स्थित खानेपानी ट्याङ्की (बसपार्क) क्षेत्रमा, मिति २०७६।१०।०४ गते बेलुका ३:०० बजे ऐ. नगरपालिकाको खलंगा स्थित पुलघाट क्षेत्रमा र मिति २०७६।१०।०५ गते अपरान्ह १:०० बजे ऐ. नगरपालिकाको बिरेन्द्रबन स्थित बसपार्क क्षेत्रमा भूकम्प प्रतिकार्य सम्बन्धी सडक नाटक प्रदर्शन गर्नका लागी आवश्यक ब्यानर, प्ले-कार्ड र सडक नाटक प्रदर्शनी तथा सञ्चार माध्यम रेडियो एफ.एम.हरुबाट जिंगल प्रशारणका लागी आर्थिक तथा व्यवस्थापकीय जिम्मेवारी महाकाली नगरपालिकालाई गरिदिन अनुरोध गर्ने निर्णय गरियो ।
- जिल्ला स्थित सबै स्थानीय तहहरुलाई भूकम्प प्रतिरोध सम्बन्धमा सचेतनामूलक कार्यक्रम संचालन गर्ने जिल्ला समन्वय समिति मार्फत अनुरोध गर्ने निर्णय गरियो ।
