आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/११ देखि २०७५/१०/१३)
जारी मिति : माघ ११ गते (शुक्रवार)
माघ ११ गते (शु्क्रबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना देखिन्छ ।
रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिम र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना देखिन्छ ।
माघ १२ गते (शनीबार )
दिउँसो: देशका अधिकांश स्थानहरुमा सामान्यतया बदलि हुनेछ | पूर्वी क्षेत्रका थोरै स्थानमा र मध्य र पश्चिमी क्षेत्रका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपात हुने संभावना देखिन्छ।
रातिः देशको पश्चीमी र पुर्वी भुभागमा आंशिक देखि सामान्य बदलि र बाँकी भुभागमा आंशिक बदली हुनेछ | पश्चिमी र पूर्वी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको संभावना छ।
माघ १३ गते (आइतबार )
दिउँसो: देशका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदलि हुनेछ | देशका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ
रातिः देशको पश्चीमी भुभागमा आंशिक देखि सामान्य बदलि र बाँकी भुभागमा आंशिक बदली हुनेछ | पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको संभावना छ।
Source: http://mfd.gov.np/content/?id=817