Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

खलंगा, दार्चुला

जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार:

  • जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने;
  • आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन;
  • हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण;
  • विस्फोटक पदार्थ सिफारिस र नियमन;
  • विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमण;
  • सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन;
  • गैरसरकारीसङ्घ, संस्था दर्ता, नवीकरण र नियमन; स्
  • थानीय प्रशासनको सञ्चालन;
  • नागरिकता वितरण;
  • बाल कल्याण तथा बाल अधिकारको संरक्षण; भ्
  • रष्टाचार नियन्त्रण;
  • कार्यालय निरीक्षण तथा अनुगमनस;
  • कल्याण धन र बेवारिसी धनको व्यवस्थापन;
  • चिठ्ठा, जुवा आदिको नियन्त्रण;
  • सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
  • विपद् व्यवस्थापन;
  • जिल्ला स्तरमा सार्वजनिक उत्सव;
  • मुआब्जा निर्धारण तथा वितरण;
  • पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस;
  • जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तीको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने;
  • राहदानी वितरण;
  • लागू औषध नियन्त्रण र प्रशासन;
  • जिल्ला स्थित कारागारको व्यवस्थापन;
  • जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण;
  • द्वन्द् प्रभावितको पहिचान तथा राहत वितरण;
  • विवाह दर्ता;
  • नाता प्रमाणित;
  • निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन;
  • जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग;
  • राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण;
  • जिल्लामा सञ्चालित विकास निर्माण कार्यामा सहयोग ।
  • कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने ।
  • सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने ।
  • जिल्ला भित्रको सार्वजनिक पार्टी, पौवा, धारा, कुवा, सत्तल, मन्दिर, धर्मशाला आदिको लगत राख्ने ।