Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

खलंगा, दार्चुला

दार्चुला जिल्लाको परिचय

       विश्व मान चित्रमा २९ डिग्री ३६ मिनेट उत्तर देखि ३० डिग्री १५ मिनेट उत्तरी अक्षांश र ८० डिग्री २२ मिनेट पूर्व देखि ८१ डिग्री ०९ मिनेट पूर्वी देशान्तर सम्म दार्चुला जिल्ला फैलिएको छ।   नेपालको प्रदेश नं.७ मा रहेको सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलका चार जिल्ला मध्ये छुट्टै महत्व बोकेको दार्चुला जिल्ला दूई शक्तिशाली राष्ट्र भारत र चीनको सीमानासँग जोडिएको छ । यस जिल्लाको पूर्वमा बझाङ जिल्ला, पश्चिममा भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा बैतडी जिल्ला पर्दछन् । यस जिल्लाको कूल क्षेत्रफल २२२३ बर्ग कि.मि. रहेको छ भने यो जिल्ला समुद्री सतहबाट ५१८ मिटर देखि ७१३२ मिटर सम्मको उचाईमा रहेको छ । अपिनाम्पा संरक्षण क्षेत्र यस जिल्लाकाे जडीबुटीकाे भण्डार र पर्या-पर्यटनकाे मेरुदण्ड बनेकाे छ । यस जिल्लामा रहेको अपि हिमाल पर्यटकको आकर्षणको केन्द्र रहदै आएको छ । यस जिल्लाको सदरमुकाम खलंगा महाकाली नदीको किनारमा भारतको पिथाैरागढ जिल्लाकाे धारचुलासित जोडिएर रहेको छ । दार्चुला जिल्ला साविकमा एक संसदीय विकास क्षेत्र, ११ वटा ईलाका,  र ४१ वटा गा.वि.स.हरुमा विभाजित रहेता पनि हाल देश संघीयतामा गई राज्य पुर्नंसंरचना भई प्रतिनिधि सभा सदस्यका लागि एक निर्वाचन क्षेत्र कामय भएकाे,नाैवटा स्थानीय तहमा विभाजन भएकाे छ । यस जिल्लामा महाकाली न.पा.र शैल्यशिखर न.पा.गरी दुई वटा नगरपालिका,अपिहिमाल गा.पा.,मार्मा गा.पा.,नाैगाड गा.पा.,लेकम गा.पा.,मालिकार्जुन गा.पा.,दुहुँ गा.पा. र व्याँस गा.पा.गरि सात वटा गाउँपालिकाहरु रहेका छन ।  भारतीय सीमाना महाकाली नदीले,बैतडी जिल्लाकाे सिमाना चमेलिया नदीले छुट्याएको छ भने व्याँस गा.पा. भारत र चीन दुबैसँग जोडिएको छ । चमेलिया नदीमा बाँध बनाएर बलाँचमा विद्युत गृह बाट ३० मेगावाट क्षमताकाे चमेलिया ज.वि.अा.निर्माणाधिन अवस्थामा रहेकाे छ । २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कूल जनसंख्या १,३३,२७४ रहेको छ । जस मध्ये पुरुष ६३,६०५ र महिला संख्या ६९,६६९ रहेका छन् । कुल घरधुरी संख्या २४६१८ रहकोमा अाैसत घरपरिवारकाे अाकार ५.४१,जनघनत्व ५७ प्रतिवर्ग कि.मि. रहेकाे छ । कूल साक्षरता दर ६५.३६ प्रतिशत रहेकाेमा महिला साक्षरता दर ५२.८८ प्रतिशत र पुरुष साक्षरता दर ७९.२६ प्रतिशत रहेकाे छ ।

दार्चुला जिल्लाको समग्र वस्तुस्थिति

 

भौगोलिक /जनसांख्यिक विवरण:

  • क्षेत्रफल : २३२२ वर्ग कि.मी. 
  • जम्मा जनसंख्या : १,३३,२७४ जना
  • पुरुष:         ६३,६०५ जना
  • महिला:         ६९,६६९ जना
  • बार्षिक जनसंख्या वृद्धिदर: ०.९०५ प्रतिशत

सामाजिक अवस्थाः

  • साक्षरता दर :  ६५.३६ प्रतिशत
  • पुरुष साक्षरता दर : ७९.२६ प्रतिशत
  • महिला साक्षरता दर : ५२. ८८ प्रतिशत
  • खानेपानीमा पहुंच भएको जनसंख्या : ८३ प्रतिशत
  • शौचालय भएका घरपरिवार:  ४६.७७ प्रतिशत

धार्मिक/सांस्कृतिक अवस्था:

  • सातौ धामको रुपमा परिचित मालिकार्जुन मन्दिर, लटिनाथ मन्दिर मार्मा, माँ दुर्गाभवानी (घोल्जर), हुनैनाथ,जयपुर,बन्ताेली, समैजी   
  • कैलाश मानसरोवर मार्ग 
  • मुख्य पर्व- गाेकुले शिवरात्री मेला,लेकम गौरा पर्व,मार्मा विसु जात्रा,  दुहुँ जगेनी जात्रा
  • क्षेत्री,ब्राह्मण समुदाय र संस्कृती तथा अादिवासी/ जनजाती शौका समुदाय र संस्कृति 

आर्थिक गतिविधि:

  • राष्ट्रिय गरीबीको रेखामुनि रहेको जनसंख्या : ५३ प्रतिशत
  • प्रतिव्यक्ति आय :अमेरिकी डलर ६२७
  • मानव विकास सूचकाङ्क ०.५०२
  • १२% मात्र कृषि योग्य जमिन,
  • उच्च हिमाली भेगमा यार्चागुम्बा लगायत जडीबुटी र पशुपालन प्रमुख आय आर्जनको माध्यम 

राजनितिक अवस्था: 

  •  प्रतिनिधिसभा सदस्य एक निर्वाचन क्षेत्र ।
  • प्रदेशसभा सदस्य दुई निर्वाचन क्षेत्र ।
  • नाै वटा स्थानीय तह ।
  •  ७ गाउँपालिका, २ न.पा. ।
  • जिल्ला भरिमा क्रियाशिल प्रमुख राजनीतिक दलः– नेपाली काग्रेस, ने.क.पा. एमाले, ने.क.पा. माओवादी केन्द्र र रा.प्र.पा. ।

 भौतिक पूर्वाधारको अवस्थाः

  • जम्मा निर्माण सम्पन्न सडकको लम्बाई : १२५ किलोमिटर
  • कालोपत्रे सडक : ७२ किलोमिटर ( गोकुलेश्वर खलङ्गा सडक खण्ड मात्र )
  •  ग्राभेल सडक : गाेकुले देखि बलाँचसम्म 
  •  कच्ची सडक : ५३ किलोमिटर 
  • विद्युत लाभान्वित घरपरिवार: २७ प्रतिशत,साैर्य उर्जा साेलार ३३.५५ प्रतिशत ।
  • प्रायः सबै घरपरिवारमा मोवाइल टेलिफोन सेवा तथा एफ.एम.रेडियोको पहुंच रहेको ।

हाल संचालनमा रहेका ठुला विकासका आयोजनाहरु:

  • २०६७ साल देखि शुरु भएको ३० मेगावाटको चमेलिया हाइड्रो पावर परियोजनाको ९८% काम सम्पन्न । 
  • २०७० साल देखि शुरु भएको ४.३ कि.मि. लम्बाई भएको महाकाली नदी नियन्त्रण परियोजनाको ५३% काम सम्पन्न । 
  • २०६७ साल देखि शुरु भएको १२५ कि.मि. लम्बाइ भएको दार्चुला–तिङ्कर सडक आयोजनाको ४५ कि.मि. ट्रयाक खोल्ने कार्य सम्पन्न ।

जिल्लामा रहेका सुरक्षा निकाय:

  • नेपाली सेनाको दुर्गादल गुल्म ।
  • जिल्ला प्रहरी कार्यालय (४ वटा इ.प्र.का., २ सि.प्र.चौ.  र ९ प्रहरी चौकी) ।
  • सशस्त्र प्रहरी वल सीमा सुरक्षा गुल्म, खलंगा ।
  • राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय 

सुरक्षा स्थिति:

  • मदिराबाट श्रृजित हुने अपराध, अन्य सामाजिक अपराधका घटना, वन्य जन्तुको चोरी शिकारी, निकासी पौठारी र अवैध लागुऔषध ओसारपसार ।
  • जिल्लाको समग्र सुरक्षा स्थिति सामान्य रहेको । 

जनताका माग एवं अपेक्षाहरु:

  • चमेलिया जलविद्युत आयोजना छिटो सम्पन्न हुनु पर्ने ।
  • तिंकर व्यापारिक नाका संचालन गर्ने सितापुलमा भन्सार कार्यालय स्थापना गर्नु पर्ने । 
  • २०७० को बाढीबाट क्षतीग्रत जिल्ला अस्पताल दार्चुलाको समग्र पूर्वाधार निर्माणको लागि आवश्यक पर्ने, जग्गा खरिदको लागि आवश्यक बजेटको व्यवस्था गरिनुपर्ने ।
  • नेपाल–भारतको सीमा नदी महाकालीमा Motarable पुलको निर्माण हुनुपर्ने (इलाका सम्भावित) ।
  • खलङ्गा–टिङ्कर सडक छिटो सम्पन्न हुनु पर्ने ।
  • अपिहिमाल गा.पा.क्षेत्रकाे उत्तरी भेगमा ईलाका प्रहरी,सशस्त्र सीमा सुरक्षा बल स्थापना गरिनु पर्ने ।
  • देथला–धुलीगडा–खार–दल्लेक–खलङ्गा सडकको निर्माण र स्तरोन्नती यथाशक्य छिटाे गरिनु पर्ने ।
  • पारीबगर–खण्डेश्वरी सडक निर्माण सिघ्र हुनु पर्ने ।
  • दार्चुला सदरमुकामलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोडिनु पर्ने  ।
  • व्याँस गा.पा.को छाङग्रु, तिंकरमा बाहै्र महिना रहने गरी स्थायी सुरक्षापोष्टको व्यवस्था गर्नु पर्ने ।
  • व्याँस गा.पा.को टिंकरमा सशस्त्र प्रहरीको BOP राख्नु पर्ने । 
  • गोकुलेश्वर विमानस्थल संचालन गरिनुपर्ने ।
  • मकरीगाड,अपर चमेलिया ज.वि.अा.काे निर्माण कार्य शुरु गरिनु पर्ने ।
  • उच्च स्तरका प्राविधिक शिक्षालय स्थापना र जडीबुटी प्रशाेधन केन्द्र स्थापना गरिनु पर्ने ।
  • स्वास्थ्य सेवाकाे सहज पहुँच सबै गा.पा.मा,एक अस्पताल एक स्थानीय तह ।
  • बैक र दूरसंचारकाे पहुँच सबै गा.पा.काे सबै वडा कार्यालयहरु सम्म ।
  • जलयात्रा पर्यटन र पर्या पर्यटनका लागी पूर्वाधार विकास र प्रचार प्रसार।
  • अपी हिमाल,व्याँस हिमाल,नाम्पा हिमाल र सुर्मासराेवर ताल जाने पदमार्गकाे विकास गरिनु पर्ने ।