Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

खलंगा, दार्चुला

जिल्ला आपतकालीन कार्य संचालन केन्द्र दार्चुला (DEOC Darchula)

जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्रको अवधारणा

Concept of District Emergency operation Centre 

       नेपाल रेडक्रस सोसाइटी जिल्ला दार्चुला शाखाद्धारा सञ्चालित विपद पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम  DP -DRR Disaster  Preparedness Disaster Risk Reduction Program  सन् २०१७ August बाट जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द | DEOC लाई update  तथा  सहयोग गर्न शरुवात भएको छ । उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, डेनिस रेडक्रस बिट्रिस रेडक्रस, फिनिस रेडक्रस र रेडक्रिसिनेट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासघंको साझेदारहरु रहेका छन । उक्त कार्यालय जिल्ला प्रशासन कार्यलयको अधिनमा रहने गरि  DEOC सञ्चालन हुदै आएको छ । यस कार्यक्रम अन्तरगत दैनिक रुपमा घटनाहरुको जानकारी प्रमुख जिल्ला अधिकारी सरोकारवालाहरु तथा REOC, NEOC लाई निरन्तर रुपमा  जानकारी गराइएको  हुन्छ । 

    विशिष्ट उद्देश्यहरु [Specific Objectives]– विपद पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको विशिष्ट उद्देश्यमा दार्चुला जिल्लाहरुमा प्रभावकारी र समन्वयात्मक तवरले विपद् प्रतिकार्यको लागि स्थानिय तथा राष्ट्रिय स्तरका आधिकारिक सरकारी एवं साझेदार निकायहरुको क्षमता अभिबृद्धि गर्ने रहेको छ । परियोजनाको अवधि १मे २०१७ देखि ३० सेप्टेम्बर २०१८ सम्म रहेको छ भने यस परियोजनाको न्या लक्ष्य युरोपियन महासघंको मानवीय सहायता कार्यक्रमको सहयोगमा सचालित यो परियोजना सन् २०१५, २०१६ सञ्चालन गरिएको नेपाल सरकार र नेपाल रेडक्रसको साझेदारीमा आपतकालिन पूर्वतयारी तथा प्रतिक्रियाको लागि क्षमता अभिबिद्धी कार्यक्रमको निरन्तर रुपमा नेपालको मध्य तथा सुदुरपश्चिम क्षेत्रका लक्षित जिल्लाहरुलाई विपद पूर्वतयारी तथा प्रतिकिृया क्षमता प्रणालि र संरचनागत क्षमता अभिबृद्धि गर्ने कार्यक्रमको मुख्य लक्ष्य हो ।

       राष्ट्रिय, जिल्ला तहका सरोकारवाला निकायहरु विच क्षमता अभिबृद्धी समन्वय, सुचना व्यवस्थापन तथा आवश्यकता पहिचान र प्रभावकारी विपद् प्रतिक्रिया गरि ३ वटा प्रमुख प्रतिबिम्बित तत्वहरुको यो कार्यक्रम आभरीत छ । यस कार्यक्रमको पहिलो लक्ष्य भनेको राष्ट्रिय स्तरमा  तालिम प्राप्त लेखाजोखा तथा समन्वय टोली - ACT लाई सम्बन्धीत सरकारी निकायको अगुवाईमा संस्थागत तथा एकिकृत गर्ने कार्यमा योगदान गर्नेछ । दोस्रो लक्षित जिल्ला आपतकालिन कार्य सञ्चालनको कार्य क्षमतामा अभिबृद्धी गरि प्रभावकारी सुचना व्यवस्थापन प्रणालीद्वारा जिल्ला दैवि प्रकोप उद्धार समितिको समन्वयात्मक क्षमता अभिबिद्धि गर्ने, तेस्रा National District Stakeholders तथा निजि क्षेत्र सगँको समन्वय र संग्लनतामा आवास विषयगत क्षेत्र Shelter Cluster को सूचना व्यवस्थापन तथा समन्वयलाई अभिवृद्धि गर्न सहयोग गर्नेछ ।

            दार्चुला जिल्लामा बाढी, पहिरो, आगलागी, महामारी, खडेरी, चट्याङ जस्ता नियमित प्रकृतिका प्राकृतिक तथा मानव निर्मित प्रकोप तथा भुकम्प जस्ता कहिले काहिँ जाने र ठुलो मात्रामा जनधनको क्षति हुने प्रकोपको कारणले दार्चुला जिल्लामा उच्च जोखिममा रहेको छ । सम्भावित विपद् र यसको जोखिमको अवस्थालाई मध्यनजर राख्दै सम्बन्धित निकायहरु र साझेदार संस्थाहरुले प्रभावकारी विपद् प्रतिकार्य तथा उद्धारका लागि केन्द्रमा राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्र, क्षेत्रिय आपतकालिन, जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले समन्वय गरि कार्य गरिएको छ । विगतको विनासकारी भुकम्प, विगतको महाकालीको बाढि तथा अन्य साना पहिरोहरुबाट हरेक बर्ष मानविय, भौतिक, आर्थिक, सामाजिक क्षति भइरहेको छ । प्राकृतिक श्रोतमा अतिक्रमण अव्यवस्थित विकास निर्माण र बस्ति विकास जलवायु परिवर्तन बढदै गएको जनसंख्या, भू उपयोग योजनाको निर्माण नहुनु, विपद जोखिम र जलवायु उत्थानशीलताका विषयलाई विकास निर्माणका प्रकियामा प्राथमिकता राख्न नसक्नु क्षतिको पहिले कारण हो ।

      दार्चुला जिल्लामा बि.स २०७१ मा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापन भएको थियो भने UNDP परियोजनाको सहयोगमा केहि सामाग्रीहरु कम्युटरसेट, एन जि टि सेट सहयोग भएको थियो । Save Children को सहयोगमा सुचना व्यवस्थापन प्रणालिको वेवसाइट निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यलयबाट रबर बोट सेट,  हेन्ड माइक, लाइफ जाकेट लगायत सञ्चारका सामाग्रीहरु अफिस व्यवस्थापनमा समेत सहयोग भएको छ। अन्य सघं संस्थाको सहयोग पनि निरन्तर रुपमा भएको छ । DEOC ले विपद जोखिम न्यूनिकरणको क्षेत्रको  तथा विपद्को समयमा आवश्यक पर्ने महत्वपूर्ण सुचनाहरु आदान प्रदान गर्नको निमित्त जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको सुचना व्यवस्थापन प्रणालि नामक वेवसाइटको निर्माण गरिएको छ ।

            यस वेवसाइटको मुख्य कार्य भनेको यस दार्चुला जिल्लामा विपद्को समयमा पूर्वतयारी रहनको निमित्त तथा विपद्को समयमा सम्पुर्ण दार्चुला जिल्लाको सिनारियो तथा महत्वपूर्ण दस्ताबेजको रुपमा आकस्मिक नम्बरहरु, एम्बुलेन्स, सुरक्षा निकायको सम्पर्क नम्बरहरु जिल्ला समन्वय समितिको कार्यालय तथा व्यवस्थापन महत्वपूर्ण सुचनाहरुको बारेमा जानकारी लिन सक्दछन। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दार्चुला जिल्लाको सुचना व्यवस्थापन प्रणालिको वेवसाईटको ठेगाना – http://implatformnepal.com/darchula/ रहेको छ यसै गरेर जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दार्चुलाको सम्पर्क नं ०९३-४२००७८ मा समुदायमा घटेका विपद् सम्बन्धि धटनाहरु, पहिरो, भूकम्प, आगलागी, महामारी, खडेरी, चट्याङ्ग तथा सवारी दुर्घटना जस्ता नियमित प्रकृतिका प्राकृतिक तथा मानव निर्मित प्रकोप एवं घटनाहरुको बारेमा जानकारी आदान प्रदान गर्न सकिन्छ ।  सल्लाह सुझाव दिनको निमित्त जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दार्चुलाको ईमेल ठेगाना - deoc.darchula@gmail.com रहेको छ । आपतकालिन कार्य सञ्चालन केन्द्रको कार्यलय जिल्ला प्रसासन कार्यलय नजिकै घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको भवनमा रहेको छ ।  यो कार्यलयलाई एक मिडिया हव तथा सुचना केन्द्र र विपद् जोखिम न्यूनिकरणको निमित्त पूर्वतयारी रहनको निमित्त महत्वपूर्ण सुचनाहरु पनि प्राप्त गर्न सकिनेछ ।

             जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र भनेको के हो भन्ने कुरामा गृह मन्त्रालय अन्तरगत जिल्लामा  जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरि राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र सँग सम्पर्क तथा  समन्वय गर्दछ । जिल्लामा स्थापना हुने जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा सञ्चालन हुनेछ । जिल्ला विपद् सम्पर्क व्यक्तिको रुपमा रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जिल्ला आपकालिन कार्य सञ्चालन केन्द्रको प्रमुखको रुपमा कार्य गर्ने गरिएको छ ।  जिल्लाको कुनै पनि स्थानमा विपद्को सम्भावनाको पूर्वसुचनाको ग्रहण तथा पूर्वचेतनाको प्रवाह, विपदको घटना पश्चात् राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्र, क्षेत्रिय आपतकालिन कार्यसञ्चालन केन्द्र, छिमेकि जिल्ला स्थानीय तथा राष्ट्रिय सोकारवालाहरुको विच प्रभावकारी समन्वय कायम गरि विपद् प्रतिकृयालाई प्रभावकारी बनाउनु यस केन्द्रको प्रमुख उद्देश्य रहेको छ ।

          विपद्को समयमा मानविय सहयोगलाई परिणाममूखी जबाफदेही, प्रभावकारी र पारदर्शी बनाउन विपद पूर्वतयारी र प्रतिर्कायका सन्दर्भमा राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्र तथा सरकारको निर्देशन कार्यान्वयन गर्ने जिम्मेवारी निर्धारण गर्ने कार्य जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दार्चुलाले गरेको छ । यस केन्द्रले विपद् प्रतिकार्यको प्रारम्भ गर्दे र समापन गर्दा अपनाउनु पर्ने कार्यविधि सुनिश्चिता गर्ने, जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको संगठन संरचना निर्धारण गर्ने, केन्द्रको र सम्बद्ध  पदाधिकारिहरुको काम कर्तव्य र अधिकार तोक्ने, विपद्को समयमा समन्वय तथ सम्पर्क गर्ने, विपद् प्रतिकार्यको लागि बिन्दुको रुपमा कार्य गर्छ ।

        विपद प्रतिकार्य तथा मानवीय सम्बन्धी सबै कार्यमा राष्ट्रीय आपतकालिन कार्य सञ्चालन केन्द्र, केन्द्रिय विपद् व्यवस्थापन उद्धार समिति र गृह मन्त्रालयको निर्णयहरुलाई अवगत गर्दे खोज उद्धार तथा मानविय सहायताको नेतृत्वमा समन्वय गर्नै र जिल्लामा भएका विपद्का घटनाहरुको सुचना सकंलन विश्लेषण गरि जिल्ला स्थित सरोकारवालाहरु क्षेत्र र केन्द्रलाई उपलब्ध गराउने काम मुख्य कार्य जिल्ला आपतकालीन केन्द्र दार्चुलको हो ।

                  नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दार्चुलाले जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई क्षमता अभिवृद्धि गर्न जिल्लाका सरोकारवालाहरुलाई जस्तै जिल्ला शाखाका पदाधिकारीहरु, उपशाखा, सुरक्षा निकाय, गाउँपालिका/नगरपालिका, कल्ष्टरका Focal person हरुलाई विभिन्न तालिमहरु Basic Water  Rescue Training, DP DRR polices and current practices DRRM Act and LDCRP workshop, Training of GESI, DRM stream, Advocacy and Need Assessment,  orientation  of Contingency Plan आदि सञ्चालन गरेको थियो ।  उक्त कार्यक्रम तालिमले जिल्लामा विपदको समयमा प्रतिकार्य गर्नको लागी समेत उपयोगी भइरहेको छ ।  रेडक्रस जिल्ला शाखाको कार्यक्रमले जिल्ला विपद व्यवस्थापन समितिमा जिल्लाको दस्ताबेज जम्मा गरी Monsoon Plan, DPRP Plan, जिल्ला शाखामा विपद तथा भुकम्पका Contingency plan समेत निर्माण गर्न जिल्ला आपतकालिन कार्य सञ्चालन केन्दले सहयोग पुर्‍याएको छ ।

      विपद प्रभावित समुदायको लागि प्रभावकारी प्रतिकार्यको सन्दर्भमा मानवीय सहयोग समानरुपमा सबै प्रभावित समक्ष पुर्‍याउन तथा एकै प्रकारको सहयोग दोहोरो नपर्ने गरी एउटै माधयमबाट परिचालन गर्न एक अर्कामा समस्या परेको सहयोगमा आदान प्रदान गर्ने वातावरण तयार गर्ने सरोकारवालाहरु विच समन्वय तथा सहकार्य गरी नियमित रुपमा समस्याको सम्बोधन गर्ने काम जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको पर्दछ । विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन गाउँपालिका, नगरपालिका, जिल्ला तह, क्षेत्रिय तह केन्द्र तह सगँ समन्वय गर्ने जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दार्चुलाको प्रमुख कार्य रहेको छ ।  यस अन्तरगत प्रमुखरुपमा विपद् प्रतिकार्यका गतिविधिहरुलाई नियमित रुपमा सञ्चालन भएको, जिल्ला तहमा तालिमहरु पानी जन्य तालिमहरु प्रभावकारी रुपमा सुचना प्रवाह र वितरण व्यवस्था गर्ने सरोकारवालाहरु सगँ नियमित सम्पर्क र छलफल गरी सिकाइका आधारमा कमि कमजोरीलाई सुधार गर्दै सु-व्यवस्थापन बनाउनु नै जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको मुख्य भूमिका रहेको छ  । 

 

जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्र, खंलगा, दार्चुला ।

सुचना व्यवस्थापन अधिकृत: राज कुमार घिमिरे 

सम्पर्क नं. ०९३-४२००७८